‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

रासस
भाद्र १४, २०७७
co

काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ। रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो।

रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो।

‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताए।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गरेका हुन्। पाण्डेले यसअघि गोर्खा भूकम्पमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र निर्माण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरको अनियमिताप्रति राप्रपाको ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा अनियमितता र बेथिति मौलाउँदै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको…
  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width