पोखरामा छठ पर्वको तयारी पूरा

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७९
20221028_144154

पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । छठ मनाउन प्रयोग हुँदै आएका पोखराका मुख्य चार ठाउँमा शनिबार र आइतबार चार हजार भन्दा बढी व्रतालु सहभागी हुने समितिका महासचिव सन्तोष बनियाले जानकारी दिए ।
custom jerseys
chicago bears
buffalo bills apparel
nfl shop free shipping
nfl store
nfl fan shop
nfl com shop
cheap nfl jersey
shop nfl
authentic jersey
cheap jerseys
super bowl 2023 logo
nfl jersey shop
nfl chiefs
cheap nfl jerseys
nfl eagles jersey
cowboys jersey
nfl shop
sanfran 49ers
nfl football jerseys
cheap nfl jersey
nfl pro bowl 2023
cheap nfl jerseys
dallas cowboys jersey
nfl tshirt
nfl jersey sales
New England Patriots
kansas city chiefs super bowl wins
nfl pro shop
buffalo bills games
custom team jerseys
nfl dallas cowboys
nfl super bowl
denver broncos
nfl pro shops
nfl jerseys cheap
nfl jersey sales
custom nfl jersey
cheap nfl jerseys
nfl jersey shop
nfl jerseys for sale

पोखराका नारायणथान, कालिखोला, केदारेश्वर महादेव मन्दिर र माछापोखरीमा यो पटक छठ पर्व मनाउनका लागि तयारी सम्पन्न भएको समितिका अध्यक्ष राम आधार प्रसाद गुप्ताले जानकारी दिए । पोखरामा ३५ बर्षदेखि छठ पर्व मनाउन थालिएको जानकारी दिंदै यसपटक पोखरा महानगरपालिका र महानगर प्रमुखले समेत राम्रो समन्वय गरी छठ पर्व मनाउन हौसला र सहयोग प्रदान गरेको उनले सुनाए । छठ पर्व पोखरा आउने पर्यटकका लागि समेत नौलो स्वाद बन्न सक्ने भन्दै उनले भारतबाट समेत पोखराको छठ कस्तो हुँदो रहेछ भनेर दर्शनका लागि आउने आगन्तुक भविश्यमा बढ्ने भनाई राखे ।

समितिका कोषाध्यक्ष दिनेशकुमार चौधरीले छठ पर्व भारतको विहार, त्यहाँका अन्य राज्य र नेपालको तराईमा मात्र सीमित नभई अमेरिका, युरोप र वंगलादेश हुँदै नेपालका विभिन्न भागमा समेत लोकप्रिय हुन थालेको चौधरीले स्मरण गराए । सूर्य सम्पूर्ण मानव समूदाय, जीव र वनस्पतिका लागि उत्तिकै महत्वपूर्ण भएको भन्दै उनले यो तराईवासीको मात्र पर्व नभएको बताए । निराहार बसेका व्रतालुले अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट सोही घाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिई यो पर्व समापन गरिने विधि उनले सुनाए । विश्वकल्याण र विकृतिविरुद्ध यो पटक छठ पर्व मनाउन लागिएको पनि उनले बताए । पोखरालाई थप सफा बनाई यसलाई तीर्थस्थलका रुपमा समेत विकास गर्न सकिने प्रशस्त संभावना उनले औंल्याए ।

नारायणस्थान स्थित निलकण्ठ महादेव संरक्षक महन्त स्वामी सदाशिवगिरिले निराहार बसी, खालि गोडाले हिंडेर पानीको श्रोतसम्म पुगी खुल्ला आकास मुनी सूर्यको आराधना गरिने पर्व छठ भएका कारण यस पर्वले प्रकृतिपूजासँग गहिरो सम्बन्ध राख्ने भनाई राखे । मानिस पछिल्ला दशकमा प्रकृतिबाट टाढा हुँदै गएको सन्दर्भमा प्रकृतिसँग मानवलाई नजिक्याउने पर्वको रुपमा पनि छठलाई लिन सकिने उनले बताए । कार्यक्रममा समितिका उपाध्यक्ष अनिल गुप्ताले पनि छठ पर्वलाई सफल पार्न सबैसँग आग्रह गरे ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिंदै व्रतालुहरुले प्रत्येव विहान सूर्योदय होस् भन्ने कामना यो पर्वमा गर्ने गरिन्छ । अरु समयमा उदाउँदो सूर्यलाई बढी मात्रामा प्रार्थना गरिने भए पनि यो पर्वमा भने अस्ताउँदो सूर्यलाई समेत उत्तिकै श्रद्धासाथ पुजाआराधना गर्ने गरिन्छ ।

पहिला नेपालको तराई क्षेत्रमा बढी मात्रामा मनाइने गरेको यो चाड पछि आएर काठमाडौं, पोखरा हुँदै नेपालका विभिन्न मुख्य शहर तथा अन्य वस्तीमा समेत मनाउन थालिएको पाइन्छ । यो पर्व मनाउन नदी, पोखरी, तलाउ, सरोवर वा समुन्द्र आबश्यक पर्छ । छठमा छठी परमेश्वरीको पनि पूजा गरिनछ । वास्तवमा छठ सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देवताको रुपमा मानिन्छ ।

छठको पहिलो दिनलाई अरबा अर्थात् नहाई खायको रुपमा पुकारिन्छ । दोश्रो दिनलाई खर्ना र तेश्रो दिनलाई सँझिया अघ्र्य वा छठ भनिन्छ । चौथो दिनलाई भने विहनिया अर्घ्य पारण भन्ने गरिन्छ । कार्तिक शुल्क चतुर्थीबाट सुरु भएको यो चाडको तेश्रो दिने षष्ठी अर्थात् छठ हो । छठमा गंगाको पनि पूजा गरिन्छ । केराको बोट, उखु, बेसार, अदुवा, जौ, नरिवल, फलफूल र मिठाई लगायतका सामग्री र खाद्यन्न छठका पूजा सामग्री हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width