याे वर्ष टुर दी पोखरा नहुने

आदर्श समाज संवाददाता
पौष १०, २०७७
cycle-2

पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड गर्न नपाइने भएपछि यो वर्षका लागि कार्यक्रम स्थगित गरिएको साइकल सिटी पोखराका अध्यक्ष महेन्द्रराज कोइरालाले जानकारी दिए ।

उक्त संस्थाको आयोजनामा ५ वर्षसम्म विभिन्न थिममा टुर दी पोखरा हुँदै आएको थियो । छैटौं संस्करणको कार्यक्रम अझै भव्य बनाउने सोच रहे पनि यो वर्ष कोरोनाकै कारण गर्न असम्भव भएको कोइरालाले बताए ।

पोहोर सालको कार्यक्रम ‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित एक हजारभन्दा बढी साइकल यात्रीको सहभागितामा भएको थियो । साइकल संस्कृतिको विकाससँगै वातावरणीय सन्तुलनका लागि समेत यो कार्यक्रम हुँदै आएको थियो । साइकललाई स्वास्थ्यसँग पनि जोडिएको छ ।

साइकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने भएकाले कार्यक्रम गर्दै आएको बताए । अवस्था सहज भए अर्को वर्ष निरन्तरता दिने प्रतिबद्धता उनले जनाएका छन् ।

टुर दी पोखरा २०१९ का संयोजक राजन गोंगजुले टुर दी पोखरालाई पोखराको ब्रान्ड बनाउन र सहरलाई साइकल सिटीका रुपमा अघि लैजान आफूहरुले प्रयास गरेको बताए । पोखरा वाहेक नेपालका विभिन्न जिल्ला र विदेशबाट समेत टुर दी पोखरामा सहभागिता हुने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width