रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
rojgar mela

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेला बुधबार सकिएको छ । मेलामा २ सय ४५ जनाले रोजगारी पाएका छन् । मेला सोमबार सुरु भएको हो ।

रोजगारी पाएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्बर विनय अधिकारी, कृषि प्राविधिक दीपेन्द्र आचार्य, इलेक्ट्रिसियन कृष्ण थापा मगर र तथ्यांक संकलक रंगिला बास्तोले बुधबार नै नियुक्ति पत्र बुझेका छन् ।

सिभिल इञ्जिनियर समीक्षा चापागाईं र अटोमोबाइलतर्फका दर्शन बराल लगायतलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरे ।

आयोजकका अनुसार मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनाका लागि रोजगारी आह्वान भए पनि रोजगार खोज्न आउनेहरु त्यो भन्दा निकै कम आएका छन् । मेलामा निशुल्क सीप विकास तालिमका लागि १ सय ४६, रोजगारी खोजकर्ता २ सय २३, सीप परीक्षणका लागि ४५ ले फारम भरेका छन् ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विभिन्न खाले रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन सकिने बताए । नेपाल आमाले अहिले देशमै बसेर मुलुकलाई समृद्ध बनाऊ भनेर पुकार गरिरहेको उनको भनाइ थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

मेलाको पहिलो दिन ‘उद्यमशीलता रोजगारी र शिक्षा’, दोस्रो दिन स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनमा सार्वजनिक निजी क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौती’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा छलफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि…
  • वडा १५ मा बृहत् खेलकुद समापन

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा वडा १५ मा ४ दिनसम्म चलेको तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । विजयीलाई पोखरा महानगरपालिकाकी…
  • लाटोकोसेरो संरक्षणमा सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । प्रकृतिका साथीहरुको आयोजनामा पोखरा–२३, वाम्दीस्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर जारी छ । मुसा खाएर अन्नबाली जोगाउन…
  • सीता र जौमाया सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । ‘सिद्धि सेतुली स्मृति पुरस्कार’ बाट समाजसेवी तथा उद्यमी सीता गुरुङ एवं सानिमा स्मृति पुरस्कारबाट शारीरिक अपांगता क्षेत्रकी अभियन्ता…
  • पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद उत्कर्षमा पुगेको छ । करार कर्मचारी हटाउने वा नहटाउने विषयमा प्रमुख राजनीतिक दलहरु…

hero news full width