एनटिभिएको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
ntva lokrpan

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकी अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गरेका हुन् ।

परिषद् अध्यक्ष श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको जनाए । पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमको व्ययभार बिमा कम्पनीले नै जिम्मा लिने गरी सरकारले नियम बनाएर व्यावसायिक सुरक्षाको प्रत्याभूत गराउनुपर्नेमा जोड दिए । व्यावसायिक सुरक्षाका लागि भलाइ कोषको स्थापना गरी अघि बढ्नु पर्नेमा उनले जोड दिए । इम्बोस्ड नम्बरका नाममा हरियो प्लेटको पहिचान हराउन नहुने भन्दै उनले यसका लागि निरन्तर पहल भैरहेको बताए ।

एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालले पर्यटन यातायात सञ्चालन गरिहेको व्यवसायीलाई संगठित गर्दै एनटिभिए बढीरहेको बताए ।

एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङले निजी र पर्यटक सवारी साधनको आयु २० वर्ष तोकिनु खेदप्रद भएको बताउँदै यी सवारी साधनको आयु तोक्नु गलत भएको टिप्पणी गरे । सवारी दुर्घटना, घाइते, मृतक, सवारी मर्मत सबै जिम्मा विमा कम्पनीले लिनुपर्ने गरी सरकारसँग लबिङ हुनुपर्नेमा उनले जोड दिए ।

एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्यायले पर्यावरण जोगाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको धारणा राखे । लेकसाइड क्षेत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन राख्न ठाउँ उपलब्ध गराउने कुरामा सम्बद्ध सबैको सहयोग आवश्यक भएको उनको भनाइ छ । एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विकास कँडेलले गरेका थिए । स्वागत प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width