विजय नेपाल–पोखरा, १० फागुन । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), महासंघ कास्कीको आयोजनामा पोखरामा आइतबारदेखि क्यान इन्फोटेक–२०२० हुँदैछ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा १५ फागुनसम्म चल्ने प्रदर्शनीमा आइसीटीसँग सम्बन्धित करिब १ सय वटा स्टल रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनायो ।
इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आईसीटी कन्फरेन्स, प्रदेश तथा जिल्लास्तरका टाइपिङ प्रतियोगिता, आईसीटी वक्तृत्व प्रतियोगिता, विद्यालयस्तरीय जिल्ला तथा प्रदेशस्तरीय आईटी क्वीज, आईसीटी रोजगारी फर्म वितरण तथा तालिम व्यवस्था, कम्प्युटर तथा ल्यापटप निःशुलक मर्मत सेवा, स्थानीयस्तरबाट भएका उत्पादनको प्रदर्शनी, रोबोर्ट प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आईसीटी उपकरण प्रदर्शनी हुनेछ ।
मेलामा शिक्षित बेरोजगारलाई लक्षित गरी आईसीटी क्षेत्रमा रोजगारी दिन फर्म वितरण गरिनेछ । जसमा ग्राफिक्स डिजाइन, हार्डवयर एण्ट नेटवर्क सम्बन्धी आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकालाई रोजगार अवसर दिइनेछ । पाँचदिने मेलामा ३५ लाख आम्दानी र ३० लाख खर्च हुने आयोजकको अनुमान छ । तयारीका लागि क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारी विश्वासको मूल संयोजकत्वमा ३५ उपसमिति गठन गरिएको प्रचार संयोजक सेवक क्षितिजले जनाए । इन्फोटेकको मुख्य प्रायोजन प्रभू पे ले गरेको छ ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१