पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको सामूहिक सुरूवाती बैठक भएको छ ।
नेपाल लगायत भारत, इन्डोनेसिया, साइप्रस, क्रोसिया र स्पेन देशअन्तर्गतका १४ संस्थाका करिब ३० जना विज्ञले भाग लिएको उक्त किकअफ एवं योजना कार्यशाला बैठक १८ मंसिरसम्म सञ्चालन हुनेछ । ‘सबैका लागि साइबर सुरक्षा’ नाम दिइएको उक्त बैठकलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले मंगलबार उद्घाटन गरे ।
भण्डारीले डिजिटल प्रविधिको विकास र प्रयोगले विभिन्न अवसर सिर्जना गरे पनि त्यसको दुरूपयोग र अनाधिकृत पहुँचले साइबर जगतमा त्यत्तिकै जोखिम र आक्रमण बढ्दै गएको बताए । उनले विज्ञान प्रविधि र आधुनिक उपकरणको बढ्दो प्रयोगले संवेदनशील डाटा तथा सूचना चोरी तथा दुरूपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनीकरण गर्न जनस्तरमा साइबर सुरक्षासम्बन्धी जनचेतना र अभिमुखीकरण सञ्चालन गर्दै जानुपर्नेमा जोड दिए ।
बैठकमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राडा नमराज धामी, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सहप्राडा उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सहप्राडा दीपाञ्जल श्रेष्ठ तथा लोकमाया तिलक जनकल्याण शिक्षण संस्था, नागपुर, भारतका डा. विवेक नानोति लगायतले विश्वव्यापी डिजिटल प्रविधिको प्रयोग र सम्बन्धित राष्ट्रको वर्तमान अवस्था, साइबर सुरक्षामा देखिएका विद्यमान दुरूपयोग र चुनौतीबारे प्रस्तुतिकरण दिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
Related News
सम्बन्धित समाचार
एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता
पुरुषोत्तम क्यान अध्यक्ष
क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर
इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर
एनसेलले दियो पलेशालाई १० लाख
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१