दमौलीमा एनसेलको सेन्टर सञ्चालन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
Ncell

पोखरा । एनसेल आजियाटा लिमिटेडले दमौलीमा नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ ।

ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षीचोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकले सबै किसिमका ग्राहक सेवा लिन सक्छन् । एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले बिहीबार सेन्टरको उद्घाटन गरेका छन् ।

एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवासमेत यस नयाँ सेन्टरबाट लिन सकिन्छ । ग्राहकले सो सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सियुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

सेन्टर उद्घाटन गर्दै चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले भने, ‘हामी १० वर्षदेखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । ग्राहक सेवाका लागि स्थानिय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउदै डिजिटल बन्न पे्ररित गर्नु हाम्रो उदेश्य हो ।’

रोड्रिगेजले उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा प्रकाश पारे । उनका अनुसार यो योजना यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको छ ।

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन ग्राहकलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width