जिसिइएस आइटी एक्स्पो सुरु, सूचना प्रविधिका प्रोजेक्ट प्रदर्शनमा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
87d54981-da97-4fb0-b1c8-5de0ef921516

पोखरा। गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जिसिइस) मा ‘दशौंं जिसिइएस आइटी एक्स्पो–२०८१’ सुरु भएको छ । विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ/सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले बिहीबारदेखि लामाचौरस्थित कलेज परिसरमा एक्क्पो आयोजना गरिएको एक्स्पो अध्यक्ष विवेक भट्टराईले बताए । २ दिनसम्म चल्ने सूचना प्रविधि मेलामा प्रोजेक्ट प्रदर्शन, कोडिङ प्रतियोगिता, करियर फेयर, गेम कम्पिटिसन, फन गेम, फुड स्टल तथा विविध सांस्कृतिक कार्यक्रम हुने छन् ।

एक्स्पो उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विद्यार्थीलाई मोटिभेसन दिएर अगाडि बढ्नुपर्ने बताए । जिसिइएस पोखरा विश्वविद्यालयको पहिलो सम्बधनप्राप्त कलेज भएकोले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा गण्डकी बोर्डिङका पूर्व प्राचार्य एवं कलेजका पूर्व क्याम्पस प्रमुख रविप्रसाद बराल, शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख एवं गुठी सञ्चालक समिति तथा व्यवस्थापन समिति सदस्य लोकनाथ आचार्य, ला ग्रान्डी कलेजका प्रिन्सिपल किरण केसी लगायतले गण्डकीले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख अशोकराज पराजुली तथा कार्यक्रम सञ्चालन विद्यार्थी बन्दना मैनाली र दिलास नकर्मीले गरेका थिए । कार्यक्रम संयोजक इ. ताराबहादुर थापाले एक्स्पोबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न गीतमा नाच प्रस्तुत गरेका थिए ।

२ दिनसम्म चल्ने सूचना प्रविधि मेलामा विभिन्न कलेजका विद्यार्थीले बनाएका प्रोजेक्ट प्रदर्शनमा 

गण्डकी बोर्डिङका नि.प्राचार्य एवं कलेजका नि. प्रिन्सिपल कृष्णबहादुर थापाले गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए ।

एक्स्पो अवसरमा यसअघि अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, टेक्निकल टक कार्यक्रम पनि गरिएको थियो । टेक्निकल टकमा मुख्य स्रोत व्यक्ति इन्फो डेभलपर्सका निर्देशक उमेश रघुवंशी रहेको स्नातक कार्यक्रम संयोजक एवं एक्स्पो संयोजक इ. ताराबहादुर थापाले बताए । हाजिरीजवाफमा एसओएस गण्डकी प्रथम, शीतलादेवी सामुदायिक स्कुल दोस्रो र बालोदय सेकेण्डरी स्कुल तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथि प्राडा अर्यालले क्रमशः ५, ३ र २ हजार नगदसहित प्रमाणपत्र वितरण गरे । विगतमा कोरोनाका कारण रोकिएको एक्स्पो गत वर्षदेखि निरन्तरता दिइएको हो ।

एक्स्पोमा विद्यार्थीले नै बनाएका सूचना प्रविधिसम्बन्धी प्रोजेक्टका स्टल राखिएका छन् । प्रोजेक्ट तथा कोडिङ कम्पिटिसनतर्फ जिसिइएससहित कन्या, जनप्रिय, इन्फोम्याक्स, इफोम्याटिक्स, पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ, ला ग्रान्डी लगायतका कलेजका विद्यार्थीले सहभागिता जनाएका छन् । सबै विधामा विजेता विद्यालय तथा प्रोजेक्टलाई शुक्रबार समापनमा पुरस्कृत गरिने एक्स्पो मूल समारोह समिति सदस्य इ. दिनेश भण्डारीले बताए । साँझपख विद्यार्थीको ब्यान्डले गीतसंगीत प्रस्तुत गर्नेछ ।

एक्स्पो अवसरमा विभिन्न ६ कम्पनीले ‘जब फेयर’ गरेका छन् । जसमा इन्स्टर्नसिप तथा जागिरको सुविधा दिने व्यवस्था मिलाइएको रिसर्च को–अर्डिनेटर राजेन्द्रबहादुर थापाले बताए ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजरुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width