सिसिटिभी क्यामेरा जोभिजन ब्रान्ड पदाधिकारीसँग इन्फर्मेसन टेक्नोलोजीको अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
cctv news photo 2

पोखरा । सिसिटिभी क्यामेरा जोभिजन ब्रान्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेसन टेक्नोलोजीका पदाधिकारीबीच अन्तरक्रिया भएको छ ।

पोखराका सिसिटिभी क्यामेरा बिक्रेताद्वारा गठित लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्रान्डका व्यवसाय विकास व्यवस्थापक आशुुतोष श्रेष्ठ तथा जोभिजनका आधिकारीक बिक्रेता एस एचटिसी प्रालिका विभाग प्रमुख अभिजीत विश्वासबीच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताको सहकार्यको प्रशंसा गरे । आजकल बजारमा ‘झोलेव्यापारी’ कारण सिसिटिभी व्यापारमा नकारात्मक असर पारिरहेको सन्दर्भमा पोखरामा रहेका सिसिटिभी बिक्रेताहरु संगठित भएर लायन्स क्लब गठन गरी आफ्नो व्यवसायलाई समेत सांगठनिक रुपमा अगाडि बढाएकोमा धन्यवाद दिए ।

आफूहरुले बजारमा नयाँ ब्रान्ड जो भिजन ल्याएको र त्यसको प्रचारमा पोखरा आएर बिक्रेतासँग भेटघाट गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिए ।

अभिजीत विश्वासले जो भिजनले पोखरामा डिलरलाई मात्र आफूहरुले जोभिजनको सामग्री उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले अधिकृत डिलर मार्फत नै ब्रान्ड बिक्री वितरण गर्ने बताए ।

लायन्स पोखरा इन्फर्मेसन टेक्नोलोजीका जोन चियर पर्सन मातृका पोखरेलले ग्राहकलाई सिसिटिभी क्यामरा जडान गर्दा लोकल सामग्री भन्दा ब्रान्ड सामग्री उपलब्ध गराउन सके बिक्रेतालाई सहज हुने बताए । अहिले बजारमा आफूहरुले कुनै ब्रान्डको डिलर लिएतापनि कुनै व्यवसायीले कम्पनीमा फोन गरेर सामान मगाएमा पठाउने प्रचलन बढेका कारण त्यसबाट ब्राण्ड लिने डिलरलाई अफ्ठेरो पर्ने गरेको हुँदा सचेत हुन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदीप ओझाले पछिल्लो समय सिसिटिभी क्यामेराको बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण मिलेर जानुको विकल्प नरहेको बताए ।

आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल श्रेष्ठले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा मिलेर व्यवसाय गर्न सके सम्पूर्णलाई फाइदा हुने बताए ।

लायन्स पोखरा इन्फर्मेसन टेक्नोलोजीका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी कम्युनिकेशनका प्रबन्ध निर्देशक लक्षिण खत्री तथा क्लबका पदाधिकारी र सदस्यको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन क्लब उपाध्यक्ष तथा गोम्जा आइटी इन्जिनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग