पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।
यही १० कात्तिकदेखि सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले कुमालको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो ।
गण्डकीको टिममा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । वैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।
गण्डकीले आफ्नो खेल यही ११ कात्तिकमा मधेश प्रदेशसँग खेलेर प्रतियोगिता सुरुवात गर्नेछ ।
रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार हो । टोली व्यवस्थापकमा स्याङ्जाका अविशेक ढकाल छन् ।
छनोटका लागि गत ७–१३ असोजसम्म पोखरा क्रिकेट रंगशालामा ‘वाई–वाई यु–१९ गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८१’ भएको थियो । तर प्रतिकूल मौसमका कारण पूर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीको प्रदर्शन र सहभागी जिल्लाका प्रशिक्षकको रायसमेत आधारमा पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।
यस्तै, गत २०–२४ असोजसम्म पोखरामा संचालित बन्द प्रशिक्षणको दोस्रो चरणमा २४ खेलाडी सहभागी भएको क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जकान्त सिग्देलले बताए ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१