पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा रहँदा रास्वपा कार्यकर्ता एवं उनका समर्थक भने निरन्तर आन्दोलित छन् ।
उनीहरुले ‘राजनीतिक प्रतिशोध’ का कारण अध्यक्ष लामिछानेलाई फसाउन खोजिएको दाबी गर्दै ‘अन्याय मार्न पाइँदैन’ लगायत नाराबाजीसहित पोखरामा ४ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
मंगलबार पोखरा जिरो किमीस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन सिर्जनोचोक, पृथ्वीचोक हुँदै अमरसिंहचोक पुगेको थियो । सहभागीले लामिछानेलाई मुद्दा लगाएर फसाउन खोजिएको दाबी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरे । विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय तहका नेताहरु अघिल्लो दिन झैं उपस्थित थिए । कास्कीसहित विभिन्न जिल्लाबाट समेत कार्यकर्ता उतारिएको मंगलबार प्रदर्शनमा उल्लेख्य सहभागी थिए । बुधबार पनि विरोध प्रदर्शनलाई निरन्तरता दिने रास्वपाले जनाएको छ । तर, अनुसन्धान कार्य भइरहँदा त्यसलाई प्रभावित पार्ने गरी आन्दोलन गर्न नहुने टिप्पणी हुन थालेको छ ।
उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले कुनै पनि मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने काम कोहीकसैले गर्न नहुने बताउँछन् । उनले भने, ‘अदालतमा पुगिसकेपछि यदि गलत नभए न्यायिक निरुपणबाट सफाइ पाउने सम्भावना उत्तिकै छ । गलत भए सजायको भागिदार हुन्छ । त्यसैले पक्राउको विषयलाई लिएर रास्वपा जत्तिको जिम्मेवार दल यसरी आन्दोलित हुनु जरुरी हैन ।’
पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी अनुसन्धानका लागि सोही राति पोखरा ल्याइएको थियो । उनी यतिखेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आइतबार ६ दिनको म्याद थपेको छ । उक्त म्याद उनी पक्राउ परेको दिन शुक्रबारदेखि नै लागु हुने हुँदा बुधबार सकिनेछ ।
उनको जिल्ला सरकारी वकिल न्यायाधिवक्ता कमला काफ्लेसमक्ष प्रहरीले बयान लिने काम सुरु गरेको छ । मंगलबार दिउँसो पनि करिब डेढ घण्टा बयान लिइएको स्रोतले जनायो ।
यस्तै प्रकृतिको मुद्दामा गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक पूर्व डिआइजी छविलाल जोशी झण्डै एक महिनादेखि प्रहरी हिरासतमै छन् । उनीमाथि अनुसन्धान भइरहेकोमा सोमबार रुपन्देही पु¥याइएकोमा जिल्ला सरकारी वकिल कार्यालयसमक्ष प्रहरीले लिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पाण्डेसँग अन्तक्र्रिया
दीपक मनाङे जेल चलान
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
एमाले मनाङको अध्यक्षमा पोल्देन
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१