गोदारको काठमाडौं–पोखरा दौड

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०८१
arjun godar

पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट हाफ म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल गोदारले दशरथ रंगशालादेखि दौड सुरु गरेका हुन् । काठमाडौं–पोखरा करिब २ सय किमी दौड उनले तीन दिनभित्र पूरा गर्ने लक्ष्य राखेका छन् । उनले पहिलो दिन ८६ किमी दौड पूरा गरे ।

काठमाडौं दशरथ रंगशालाबाट सुरु गरी ३ दिनमै पोखरा रंगशालामा आएर समापन गर्ने गोदारको लक्ष्य छ । उनलाई मोटरसाइकल राइडरसहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधासमेत उपलब्ध गराइएको छ । उनी व्यक्तिगत खर्चमा दौडिएको बताए ।

रूपा १, फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षति भएकाले शान्तिको कामनासहित ‘स्वास्थ्यको लागि खेलकुद’ नाराका साथ उक्त दौड पूरा गर्ने अठोट रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग