आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
GCES EXPO 2081 ends

पोखरा । एन्ड साइन्स (जिसिइएस) आयोजनामा १० औंं जिसिइएस आइटी एक्स्पो–२०८१ सम्पन्न भएको छ ।

लामाचौरस्थित कलेज परिसरमा २ दिनसम्म चलेको एक्स्पोको शुक्रबार समापनमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि विभागका डिन राजेश ठकुराठी, कलेजका भाइस प्रिन्सिपल अशोकराज पराजुली लगायतले प्रोजेक्ट एक्जिबिसन र कोडिङ प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरे ।

प्रोजेक्ट एक्जिबिसनमा जिसिइएसको नेभकम मेम्बर्स (लक्ष्मीकान्त पौडेललगायत) को प्रोजेक्टले प्रथम पुरस्कार प्राप्त गरेको छ । दोस्रो जिसिइएसकै इजी मेड्स (जयन अधिकारी) हुँदा तेस्रो इन्फोमेटिक्स कलेजको सेन्टिनल (राहुल जिसी) को प्रोजेक्ट बन्यो । उनीहरुले क्रमशः १२, ९ र ६ हजार साथमा गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे । इन्फोम्याक्सका अभिनाश गुरुङले बनाएको ग्रिन एयर आइओटी प्रोजेक्टले इन्नोभेसनको पुरस्कार जित्दा जिइइएसको प्लेट फर्मर (रोमेश कोइराला) को प्रोजेक्टले इमर्जिङको पुरस्कार पाएको छ । इन्नोभेसन र इमर्जिङले जनही ३ हजार प्राप्त गरेका छन् ।

कोडिङ कम्पिटिसनमा जिसिइएसका आयुष २००२ प्रथम, पृथ्वीनारायण क्याम्पसका निन्जा दोस्रो, ला ग्रान्डीका मन्दीप कार्की तेस्रो र गण्डकी विश्वविद्यालय बिआइटीका सुनिल चौंथो बने । उनीहरुले क्रमशः ८, ६, ४ र २ हजार साथमा गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे ।

विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ/सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले आयोजित एक्क्पो सफल भएको एक्स्पो अध्यक्ष विवेक भट्टराईले दाबी गरे । विविध सांस्कृतिक समेत आयोजना गरिएको कार्यक्रमको सञ्चालन रीया बरालले गरेकी थिइन् ।

एक्स्पोमा विभिन्न कलेजका विद्यार्थीले नै बनाएका सूचना प्रविधिसम्बन्धी प्रोजेक्ट प्रदर्शनमा राखिएको थियो

सूचना प्रविधि मेलामा प्रोजेक्ट प्रदर्शन, कोडिङ प्रतियोगिता, करियर फेयर, गेम कम्पिटिसन, फन गेम, फुड स्टल तथा विविध सांस्कृतिक कार्यक्रम भएको एक्स्पो संयोजक इ. ताराबहादुर थापाले बताए । बिहीबार एक्स्पो उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका थिए ।

एक्स्पो अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, टेक्निकल टक कार्यक्रम पनि गरिएको थियो । हाजिरीजवाफमा एसओएस गण्डकी प्रथम, शीतलादेवी सामुदायिक स्कुल दोस्रो र बालोदय सेकेण्डरी स्कुल तेस्रो भए ।

एक्स्पोमा विभिन्न कलेजका विद्यार्थीले नै बनाएका सूचना प्रविधिसम्बन्धी प्रोजेक्ट प्रदर्शनमा राखिएको एक्स्पो मूल समारोह समिति सदस्य इ. दिनेश भण्डारीले बताए ।

एक्स्पो अवसरमा विभिन्न ६ कम्पनीले ‘जब फेयर’ गरे । जसमा इन्स्टर्नसिप तथा जागिरको सुविधा दिने व्यवस्था मिलाइएको रिसर्च को–अर्डिनेटर राजेन्द्रबहादुर थापाले बताए ।

गण्डकी बोर्डिङका नि.प्राचार्य एवं कलेजका नि. प्रिन्सिपल कृष्णबहादुर थापाले गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजरुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ नजिकिँदा एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ…
  • पुरुषोत्तम क्यान अध्यक्ष

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनबाट आगामी नेतृत्वका लागि पुरुषोत्तम कुँवर…
  • क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८१
    पोखरा । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन्…
  • इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेतालाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ…
  • एनसेलले दियो पलेशालाई १० लाख

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८१
    काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक…

hero news full width