गण्डकीमा आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८१
3c95c452-5929-4e17-81c0-c81972f68f2d

पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जिसिइएस) आयोजनामा १० औंं जिसिइएस आइटी एक्स्पो–२०८१ सम्पन्न भएको छ । लामाचौरस्थित कलेज परिसरमा २ दिनसम्म चलेको एक्स्पोको शुक्रबार समापनमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि विभागका डिन राजेश ठकुराठी, कलेजका भाइस प्रिन्सिपल अशोकराज पराजुली लगायतले प्रोजेक्ट एक्जिबिसन र कोडिङ प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरे ।

प्रोजेक्ट एक्जिबिसनमा जिसिइएसको नेभकम मेम्बर्स (लक्ष्मीकान्त पौडेललगायत) को प्रोजेक्टले प्रथम पुरस्कार प्राप्त गरेको छ । दोस्रो जिसिइएसकै इजी मेड्स (जयन अधिकारी) हुँदा तेस्रो इन्फोमेटिक्स कलेजको सेन्टिनल (राहुल जिसी) को प्रोजेक्ट बन्यो । उनीहरुले क्रमशः १२, ९ र ६ हजार साथमा गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे । इन्फोम्याक्सका अभिनाश गुरुङले बनाएको ग्रिन एयर आइओटी प्रोजेक्टले इन्नोभेसनको पुरस्कार जित्दा जिइइएसको प्लेट फर्मर (रोमेश कोइराला) को प्रोजेक्टले इमर्जिङको पुरस्कार पाएको छ । इन्नोभेसन र इमर्जिङले जनही ३ हजार प्राप्त गरेका छन् ।

कोडिङ कम्पिटिसनमा जिसिइएसका आयुष २००२ प्रथम, पृथ्वीनारायण क्याम्पसका निन्जा दोस्रो, ला ग्रान्डीका मन्दीप कार्की तेस्रो र गण्डकी विश्वविद्यालय बिआइटीका सुनिल चौंथो बने । उनीहरुले क्रमशः ८, ६, ४ र २ हजार साथमा गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे।

विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ/सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले आयोजित एक्क्पो सफल भएको एक्स्पो अध्यक्ष विवेक भट्टराईले दाबी गरे । विविध सांस्कृतिक समेत आयोजना गरिएको कार्यक्रमको सञ्चालन रीया बरालले गरेकी थिइन्।

सूचना प्रविधि मेलामा प्रोजेक्ट प्रदर्शन, कोडिङ प्रतियोगिता, करियर फेयर, गेम कम्पिटिसन, फन गेम, फुड स्टल तथा विविध सांस्कृतिक कार्यक्रम भएकाे कार्यक्रम संयोजक इ. ताराबहादुर थापाले बताए।

बिहीबार एक्स्पो उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका थिए। एक्स्पोकै अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, टेक्निकल टक कार्यक्रम पनि गरिएको थियो । हाजिरीजवाफमा एसओएस गण्डकी प्रथम, शीतलादेवी सामुदायिक स्कुल दोस्रो र बालोदय सेकेण्डरी स्कुल तेस्रो भए।

एक्स्पोमा विभिन्न कलेजका विद्यार्थीले नै बनाएका सूचना प्रविधिसम्बन्धी प्रोजेक्ट प्रदर्शनमा राखिएको एक्स्पो मूल समारोह समिति सदस्य इ. दिनेश भण्डारीले बताए।

एक्स्पो अवसरमा विभिन्न ६ कम्पनीले ‘जब फेयर’ गरे । जसमा इन्स्टर्नसिप तथा जागिरको सुविधा दिने व्यवस्था मिलाइएको रिसर्च को–अर्डिनेटर राजेन्द्रबहादुर थापाले बताए।

गण्डकी बोर्डिङका नि.प्राचार्य एवं कलेजका नि. प्रिन्सिपल कृष्णबहादुर थापाले गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजरुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width