टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
Tiktok

काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने राससलाई जानकारी दिनुभयो ।

गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उहाँले बताउनुभयो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ नजिकिँदा एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ…
  • पुरुषोत्तम क्यान अध्यक्ष

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनबाट आगामी नेतृत्वका लागि पुरुषोत्तम कुँवर…
  • क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८१
    पोखरा । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन्…
  • इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेतालाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ…
  • एनसेलले दियो पलेशालाई १० लाख

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८१
    काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक…

hero news full width