पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

आदर्श समाज सम्वाददाता
फागुन ११, २०८०
RTSTIT-2024 D1(47)

गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ विषयक सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको परिसरमा सुरु भएको उक्र सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा दिलिप सुब्बाले गर्नुभयो । कार्यक्रममा उपकुुलपति सुुब्बाले समय सापेक्ष रुपमा नेपालमा पछिल्लो समयमा विज्ञान प्रविधिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै गएको बताउनुुभयाो । सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखा परेका प्रवृत्ति विषयमा हुने छलफल एवम् अन्तरक्रिया विज्ञान तथा प्रविधि क्षेत्रको अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सम्मेलनका प्रमुख वक्ता नोबेल पुुरस्कार विजेता डा सर रिचर्ड जोन रोबटर््सले व्यक्तिले सफल हुनका लागि मेहनत गर्नुपर्ने र उसलाई भाग्यले पनि साथ दिनुपर्ने बताउनुुभयो । असफलताबाट सिक्दै अघि बढ्नुुपर्ने र जीवनको मर्म नै त्यही भएको उहाँको भनाइ थियो । आफ्नो जीवन भोगाइ, नोबेल पुरस्कारको यात्रा र सफलताका कथा सुनाउँदै रोबटर््सले विज्ञान तथा प्रविधि सम्मेलनमा नेपाल आउन पाएकामा प्रसन्नता व्यक्त गर्नुुभयो । उहाँलाई सन् १९९३ मा चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवम् वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका प्रमुख प्रा विनोदप्रसाद हेज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटा, पोखरा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा दीपकबहादुर भण्डारी र वन विज्ञान अध्ययन संस्थानका डीन प्रा डा वीरबहादुर खनाल क्षेत्री, उपप्राध्यापक पवित्रा झालगायतले सम्मेलनको महत्वबारे प्रकाश पार्नुुभएको थियो ।

सम्मेलनमा देश विदेशका विभिन्न अनुसन्धानकर्तासहित दुई सय पचास जनाभन्दा बढीको सहभागिता छ । सम्मेलनको पहिलो दिन आजको प्राविधिक सत्रमा ५० वटा प्रस्तुति तथा २५ भन्दा बढी विषयगत पोष्टर प्रस्तुत गरिएका थिए । नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा प्राप्त ज्ञान, सीप, अनुसन्धानका नतिजा र अनुभवबारे छलफल भएकामा विभिन्न विषयगत क्षेत्र अनुसारका अग्रज व्यक्तित्वले छुट्टाछुट्टै सत्रको अध्यक्षता गर्नुभएको थियो ।

शुक्रबार प्रमुख वक्ता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमाल रहनुहुनेछ । बाँकी २७ वटा विषयगत सत्र सम्पन्न भएपछि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…
  • प्रतिबन्ध कार्यान्वयनमा सघाउन आग्रह गर्दै टिकटकलाई प्राधिकरणको जवाफी पत्र

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८०
    पोखरा  नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने…
  • टिकटक प्रतिबन्धविरुद्ध १० रिट   

    आदर्श समाज सम्वाददाता मंसिर १, २०८०
    काठमाडौं ।  नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत…

hero news full width