सिजोसङ्ग्रह लोकार्पण तथा सप्तरङ्गी स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १९, २०७६
sijo

पोखरा । मुमताज मल्टि मिडिया प्रालिको आयोजनामा शनिबार सिजोसङ्ग्रह लोकार्पण तथा सप्तरङ्गी स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएका अलौकिककवि देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘सामना’ र ‘तमन्ना’ लोकार्पण भएको हो ।

प्रमुख अतिथि वरिष्ठ गायिका बाबा राणाले सो कृतिको लोकार्पण गरिन् । सामना दोस्रो संस्करण हो । २०७४ मंसिर १६ यता उनले लगातार कृति प्रकाशित गर्दैआएका छन् । ‘तमन्ना’ सम्म आइपुग्दा आठ कृति प्रकाशित भैसकेका न् । उनले गजलसङ्ग्रह ‘लभ स्टेशन’, मुक्तकसङ्ग्रह ‘सेतो संसार’, हाइकुसङ्ग्रह ‘अमृतप्रेम’, चोकासङ्ग्रह ‘राजमहल’, सेदोकासङ्ग्रह ‘नेपाली माया’, ताङ्कासङ्ग्रह ‘एक नम्बर’ र सिजोसङ्ग्रह ‘सामना’ पाठकमाझ ल्याइसकेका छन् ।

सो अवसरमा संस्थाले सप्तरङ्गी स्रष्टा सम्मानअन्तर्गत ७ जना स्रष्टालाई उपाधिसहित अवार्ड प्रदान ग¥यो । सम्मानित हुनेमा ब्रह्माकुमारी परिणिता (उत्कृष्ट आध्यात्मिक व्यक्तित्व अवार्ड), स्वरसुन्दरी देविका बन्दना (सूपर भर्सटाइल अवार्ड), विश्व मैत्री भाषाका संचालक यम जोशी (उत्कृष्ट समाजसेवी एवं शिक्षासेवी अवार्ड), लोकेन्द्रकुमार राई (समाजसेवी एवं व्यवसायी अवार्ड), गायिका स्वरुपा रसाइली (भर्सटाइल गायिका अवार्ड), विष्णु कार्की (उत्कृष्ट गीतकार अवार्ड) र मीरा कार्की (उत्कृष्ट गायिका अवार्ड) छन् ।

उनीहरुलाई प्रमुख अतिथि बाबा राणा,संस्थाका संरक्षक साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरले दोसल्ला ओढाउँदै अवार्ड हस्तान्तरण गरेका थिए । सम्मानित स्रष्टाले सम्मानबाट अझै आफ्नो क्षेत्रमा थप उर्जा थपेको भन्दै संस्थाप्रति आभार प्रकट गरे । यस्तै, संस्थाका संरक्षक क्षेत्रबहादुर कुँवरले समाजमा ठूलो योगदान दिएर पनि लुकेर बसेका व्यक्तिलाई संस्थाले सम्मान गर्दैआएको बताए । उनले सम्पदा कला मन्दिरले पनि हालसम्म करिब ८५ स्रष्टालाई सम्मान गरिसकेको जानकारी समेत दिए ।

संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरले देशको कलासंस्कृति रक्षा गर्दै आफूहरुले स्रष्टाको योगदान चिरस्थायी बनाउन निरन्तर कार्यक्रम गरेकोे बताए । कार्यक्रममा गायिका बाबा राणा, देविका बन्दना लगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । मेघा एफमको सहयोगमा भएको कार्यक्रममा सहयोगीलाई प्रशंसापत्र प्रदान गरियो ।कार्यक्रममा स्वागत मन्तव्य संचारकर्मी अम्बिका राणाले व्यक्त गरेकी थिइन् । उनले स्रष्टा कुँवरको परिचय दिँदै उनी बहुआयामिक व्यक्तित्व भएको र एल्बमसहित ३ दर्जन कृति सार्वजनिक भैसकेको जानकारी दिइन् ।कार्यक्रमको संचालन कार्यक्रम संयोजक संचारकर्मी तिर्सनालक्ष्मी कुँवरले गरेकी थिइन् । पोखरा वाङ्मय प्रतिष्ठानले सिजो सङ्ग्रह प्रकाशन गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • गीताञ्जली साहित्य परिवारको साधना प्रभात

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । गीताञ्जली साहित्य परिवारको २५७ औं साधना प्रभात एवं नियमित रचना कार्यक्रम सम्पन्न भएको छ । साहित्यका विभिन्न विधा कविता,…
  • चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने…
  • गोकुल जोशीको जन्मजयन्तीमा रचना वाचन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । जनकवि गोकुल जोशीको ९५ औं जन्मजयन्ती कवि तथा साहित्यकारले रचना वाचन गरी मनाएका छन् । तनहुँ सम्पर्क समाज…
  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…

hero news full width