गोकुल जोशीको जन्मजयन्तीमा रचना वाचन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
Gakul News Photo

पोखरा । जनकवि गोकुल जोशीको ९५ औं जन्मजयन्ती कवि तथा साहित्यकारले रचना वाचन गरी मनाएका छन् । तनहुँ सम्पर्क समाज पोखरा आयोजना तथा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा शनिबार पोखरामा रचना वाचन गरिएको हो ।

जनकवि जोशीको साहित्यिक योगदान, जीवनी र उनले साहित्य मार्फत समाजमा गरेको योगदानको विषयक परिचर्चा एवं रचना वाचन गरिएको हो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले गोकुल जोशी साहित्यका माध्यमबाट जनताका आवाज बुलन्द पार्ने जनकविको रुपमा परिचित रहेको बताए । उनी धर्मराज थापा र अलि मियाँका समकक्षी साहित्यकार भएर पनि राज्यबाट उपेक्षित हुँदा छायामा परेको बताए । ढकालले जनकवि गोकुल जोशीका रचनालाई गीत र संगीतको माध्यमबाट प्रस्तुत गरेका थिए ।

कार्यक्रमका संयोजक समाजका निवर्तमान अध्यक्ष तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले गोकुल जोशी खरानीभित्र लुकेर बसेको आगोको फिलि·ो भएको बताए । चेतनाको गीत गाउँदै गाउँवेशी गर्ने कवि गोकुल जोशी आफ्नो जन्मघर छोडेर देश तथा विदेशका विभिन्न भूभागमा परिभ्रमण गर्दै सामाजिक विभेदको विरुद्धमा आवाज बुलन्द पार्ने वास्तविक जनगायकको रुपमा परिचित रहेको बताए ।

जनकवि गोकुलका विषयमा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सदस्य शोभाकान्त गौडेल, सम्पर्क समाजका पूर्व अध्यक्ष भीमबहादुर गुरुङ, चन्द्रविक्रम अधिकारी विभिन्न साहित्यकार तथा कविले कविता वाचन गरेका थिए ।

समाजका उपाध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महासचिव यामबहादुर सुर्खाली र सञ्चालन निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width