चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
film journalist

पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने २५ औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा विशेष कार्यक्रमसहित पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ ।

७ जेठ, २०५६ मा भरत शाक्य अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता भएको दिनलाई संघले स्थापना दिवस रुपमा मनाउँदै आएको छ । कास्कीमा भने २२ असार, २०६० मा शाखा गठन भएको हो । शाक्य नेतृत्वकै चलचित्र पत्रकारको टोली पोखरा आएर श्रीराम सिग्देलको अध्यक्षतामा शाखा गठन गरेको हो । त्यसबेला सिग्देल आदर्श समाज दैनिकमा कार्यरत थिए । उनीपछि क्रमश शिव शर्मा ‘चञ्चल’, रेम बिक, अरुण गिरी र प्रभू अधिकारीले नेतृत्व सम्हालेका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थापक अध्यक्ष सिग्देलसहित निवर्तमान अध्यक्ष गिरी, पूर्व अध्यक्ष बिक, सल्लाहकार सुरेश रानाभाट, उपाध्यक्ष अर्पण तिवारी, सहसचिव शंकर तिवारी, पूर्व सहसचिव विजय नेपाल, संस्थापक सदस्य सागरराज तिमिल्सिना, संघ कार्यसमिति सदस्य सुरेश सुनार, राकेश गुरुङ, सिद्धार्थ गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उनीहरुले संघको समसामयिक गतिविधि, संघको विकास र चलचित्र पत्रकारको व्यावसायिकताबारे बोलेका थिए ।

संघ कास्कीले यही १९ जेठमा साधारणसभा गर्दैछ । उक्त अवसरमा ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–०८०’ बाट विजय नेपाललाई पुरस्कृत गरिनेछ भने चलचित्रकर्मी विनोद शेरचनलाई सम्मान गरिने छ । संघमा हाल ५५ सदस्य रहेको सचिव सन्तोष बस्यालले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width