पोखरा, २८ साउन । पोखरा मूख्य बजार न्यूरोड स्थित एस मिनी मार्केटमा मंगलवार दिउसो आगलागी हुँदा आधा दर्जन पसल जलेर नष्ट भएका छन् ।
आगलागीमा मानवीय क्षेति भने हुन पाएको छैन । आगलागीबाट करिव पाँच करोड रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत लाइन सर्टभई शुभ युनिक होम डेकोरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।
महेन्द्रपुल निवासी अनुज बास्तोलाको जग्गा भाडामा लिएर पोखराका व्यापारी यदु अधिकारी र अर्जुन पोखरेलले जस्ता पाताले छाएर भुईतले एस मिनी मार्केट संचालनमा ल्याई विभिन्न व्यक्तिलाई भाडामा लगाउदै आएका हुन्।
दिउसो ४.१० वजे लागेको आयो नियन्त्रणमा आउन डेढ घण्टा लागेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले पोखरा महानगरपालिकाका चार वटा दमकल र विभिन्न पानी कम्पनीका ट्याङ्करको सहयोगमा नेपाल प्रहरी, सशस्त्र, र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको हो ।
उक्त एस मिनी मार्केटमा फोम हाउस, चश्मा पसल, जुस हाउस, कुर्ता पसल, ध्रुब वर्कसप, रेष्टुरेण्ट लगायतका पसल जलेरनष्ट भएका छन् ।
स्थानीयवासी किशोर ओझाले आगलागी भएको आधा घण्टापछि मात्र दमकल आउँदा पसलहरुमा वढी क्षति भएको छ । मुख्य बजारमै आगजनी हुँदा वरपर रहेका पसल शिवशक्ति फर्निचर, नवदुर्गा फर्निचर, भाटभटेनी सुपर कार्केट, सिटिजन बैंक समेत त्रसित बनेका थिए । आगो सर्नसक्ने डरले छिमेकी पसल शिवशक्तिका सम्पूर्ण फर्निचरका सामाग्री सडकमा निकालेर राखिएको थियो ।
मुख्य बजारमै आगलागी हुँदा यस क्षेत्रका वासिन्दामा त्रास फैलिएको थियो । नजिकै रहेको पद्म नरसिंह होमका उपचार गरिरहेका विरामीको समेत भाडदौड मच्चिएको छ । एक वर्ष अघि पोखराको सिद्धार्थ चोक स्थित उज्यालो मार्केटमा समेत आगजनी हुदाँ करोडौ रुपैयाँको क्षति भएको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१