असार २६ पोखरा । पोखरा–१७ महतगौडाको शान्तिटोलमा विहीवार वृक्षारोपण गरिएको छ ।
लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले वृक्षारोपण गरेको हो । कार्यक्रममा क्लस्टर २३ का क्लस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना र वडा १७ का वडासदस्य बैकुण्ठ भण्डारीले कार्यक्रम संयोजक गायत्री पौडेललाई संयुक्त रुपमा विरुवा हस्तारण गरी शुभारम्भ गरेका थिए ।
वातावरण संरक्षणमा वृक्षारोपणको महत्व हुने भएकाले वृक्षारोपण पछिपनि वृक्षको संरक्षण गर्न स्थानीयलाई तिमिल्सिना बताए । वडा सदस्य बैकुण्ठ भण्डारीले स्वच्छ वातावरयाका लागि विरुवा आवश्यक हुनेमा जोड दिए ।
डिस्ट्रिक चेयरपर्सन जीतबहादुर थापा, पवित्रराज तिवारी, दुर्गा कुमारी आचार्य, प्रदीप बराल, रामजी ध्वजु, लायन्स क्लब अफ पोखरा फेवा बेगनासका अध्यक्ष टंक ढकाल, स्थानीय कृष्णप्रसाद पौडेल लगायतका आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम संयोजक गायत्री पौडेलले सो क्षेत्रमा असोका, कपुर, तेजपत्ता लगायतका विभिन्न प्रजातिका करिव ८० वटा विरुवा ट्रिगार्ड सहित रोपिएको जानकारी दिइन ।
क्लवका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल, धन्यवाद द्वितीय उपाध्यक्ष गीता पराजुली, गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१