अभियन्ताको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
shanman 14_Fotor

करिब १५ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नामबाट पुनः सार्वजनिक गर्न सफल भएकोमा सार्वजनिक जग्गा बचाउ अभियानका अभियन्तालाई मंगलबार सम्मान गरिएको छ।

सम्मानि हुनेमा रामजी पौडेल, चोलाकान्त बराल, ईश्वरबहादुर गुरुङ र मुद्दाका बहसकर्ता अधिवक्ता खगेन्द्रराज आचार्य सम्मानित भएका हुन्। पोखरा महानगरपालिका वडा २९ ले एक कार्यक्रमबीच सोही जग्गामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो।

कामको उच्च मूल्याङ्कन गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

प्रमुख जिसीले अब कोही कसैले पनि सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउने प्रयास नगर्दा हुने र त्यसमा महानगरपालिका चनाखो रहेको बताए। सो ठाउँमा कुनै भवन वा कार्यालय राख्नुभन्दा भावी पुस्तालाई हुने गरी कुनै पार्क बनाउन उनले सुझाए।

Related News

सम्बन्धित समाचार

hero news full width