बागलुङमा मजदुरको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७६
big_473453_1512037296_Fotor

पोखरा, २३ वैशाख । बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा सोमवार दिउसो एक मजदुरको मुत्यु भएको छ ।

नवलपरासी (पश्चिम ) सुनवल नगरपालिका– ७ घरभई बागलुङ जिल्लामा ज्याला मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका ३८ बर्षीय खुमानन्द पौडेलको मृत्यु भएको हो । बाटोको साइडमा बमिट गरी पल्टिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । पौडेललाई प्रहरीले उपचारका लागि धौवलागिरि अस्पताल बागलुङ लगेको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी प्रदेश नं ४ प्रहरी कार्यालय पोखराले जानकरी दिएको छ ।

त्यस्तैगरी बागलुङ जिल्लाकै जैमनि नगरपालिका–८ तल्लोगौर स्थित कालीगण्डकी नदीको किनारमा सोमवार नामथर नखुलेको अन्दाजी ३०÷३५ बर्षजस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width