ल्वाङ गाउँमा चैत दशै मेला तयारी

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
lwang mela

चैत २२, पोखरा । माछापुच्छ्रे गाउँ पालिका– ८ स्थित पर्यटकीय गाउँ ल्वाङमा चैत्र २४ देखी २७ सम्म गतेसम्म“ २८औ चैते दशै ऐतिहासिक मेला २०७५“ गरिने भएको छ ।

ग्रिन हिल युवा क्लबद्वारा आयोजित मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा हुने बताइएको छ । मेलाका मुख्य आकर्षकहरुमा गाउँ स्तरीय पुरुष भलिबल, खुल्ला अन्तर कल्ब स्तरीय महिला भलिबल, छेलो हान्ने, घैटो फुटाउने, मकै गन्ने, बालबालिकाहरुको लागि बेलुन फुटाई, महिलाको लागि मेच घुमाई प्रतियोगिता हुने कार्यक्रमका उप–संयोजक भरत गुरुङलेल शुक्रवार आयोजित पत्रकार भेटघाटमा बताए ।

क्लबका अध्यक्ष दीपक गुरुङको अध्यक्ष्तामा आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व महासचिव एवम एभरेष्ट टाईम्सका डाईरेक्टर कुमार गुरुङ, राष्ट्रिय भलिबल रेफ्री एवं मेला संयोजक अनिल गुरुङको उपस्थिति रहेको थियो ।

पुरुष भलिबलमा प्रथम र द्वितीय हुने टिमले क्रमश ६० हजार, ४० हजार नगद प्रदान गरिने छ भने महिला भलिबलमा प्रथम र द्वितीय हुने टिमले क्रमश २६ हजार र १६ हजार नगद प्रदान गरिने छ। गण्डकी प्रदेशकै नमूना चियाबारीको खेती एवं होमस्टेले परिचित ल्वाङ गाउँको पहिचान , भाषा, धर्म, संस्कृति, कला, संस्कार र परम्परालाई विश्व माँझ परिचित गराउने लक्ष्यले सो कार्यक्रम आयोजना गरिएको हो। मेलाले गाउँमा आन्तरिक तथा बाह्य गरी करिब २० हजार पर्यटन भित्र्याउने लक्ष्य लिएको छ र मेलाको खर्च ८ लाख रुपैया लाग्ने बतायएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width