खाने पानी टंकी उद्धघाटन

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७५
lion

पोखरा, १७ चैत । लायन्स क्लब अफ पोखरा हिमालयनले पोखरा–२२ पुम्दीभुम्दीको मणिडाँडामा खानेपानी टंकीको शुभारम्भ गरेको छ ।

लायन्स क्लब अफ पोखरा हिमालयनका अध्यक्ष ला.सुुवीन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त खानेपानी टंकीको नेपाल लायन्स फाउण्डेशनका चिफकोडीनेटेर ला.मिलन थापाले उद्धघाटन गरेकी हुन् ।

कार्यक्रम संयोजक ला.अशोक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्लवका संस्थापक अध्यक्ष एमजेएफ ला. दिनेश शंकर पालिखे, प्रगतीशील युवा क्लबका अध्यक्ष संजीव गुरुङले शुभकामना व्यक्तगर्दै पोखरा महानगर पालिकाभित्रै रहेर पनिहाल सम्म यस क्षेत्रकावासीन्दाले शुद्धपानी पिउन नपाएको अवस्थामा सहयोग पु¥याएको बताए ।

लायन्स क्लब अफ पोखरा हिमालयनले ३ कि. मी.टाढा बाट पाईप लाईन बिछ्याइ यस क्षेत्रका बासीन्दाहरुले शुद्धपानी पिउनपाएकोमा लायन्स हिमालयन प्रति हार्दीक धन्यवाद व्यक्त गरेका थिए ।

प्रमुख अथिति मिलनथापाले लायन्स क्लब अफ पोखरा हिमालयन पुरानै क्लव भएता पनि विगतदेखि वर्तमान सम्म यस क्लवले समाजमा रहेका विकृती र विसंगतीलाई अन्त्यगर्दै सकारात्मक कार्यहरु गर्दै आईरहेको वताइन् ।

क्लवका अध्यक्ष तथा कार्यक्रम सभापति ला.सुवीन्द्र श्रेष्ठले नेपाललायन्स फाउण्डेसनबाट यस खानेपानी टंकी निर्माण गर्न.५०००० सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रम क्लबका सचिव ला.लक्ष्मी प्रसाद द्धा ले संचालन गरेका थिए । उक्त अवसरमा पो.म.न.पालिका वडा नं.२२ जन प्रतिनिधि मातृका वरालले पनि आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width