बाग्लुङ, १ चैत । विद्युतीय दुर्घटना न्यूनीकरण गर्न बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिक जडित नयाँ तार जडानको कार्यको थालनी गरिरहेको छ ।
घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिलराज पाण्डेले बताए ।
पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्यासमेत धेरै कम हुनेछ । बजारभित्रको वितरण लाइनको नाङ्गो तार सबै विस्थापन गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नै बागलुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले बताए । अहिले बागलुङ नगरपालिका–१ को १०, वडा नं २ को ८० र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने प्रमुख पाण्डेले बताए ।
प्लास्टिकले बेरिएको तार भएका कारण विद्युत् चुहावट हट्ने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले बताए ।
अव्यवस्थित नाङ्गो तारले जोखिम हुँदासमेत प्राधिकरणले मर्मतसम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको बागलुङ नगरपालिका–२ का पूर्वाधार संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।
तारको व्यवस्थापन गर्नेे काम प्राधिकरणको भए पनि वडा कार्यालयले यसमा चासो देखाएको छ ।
आगामी एक महीनाभित्र सबै तारको व्यवस्थापन गरेर नया इन्सुलिटेड तारमार्फत उपभोक्ताको घर घरमा विद्युत् प्रवाह गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१