१. राजनीतिक शिखर धरोहर बीपी कोइरालाको १०० औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम राखी मनाइरहेका छन्। नेपाली राजनीतिमा बीपीको महत्त्व दिनानुदिन बढ्दै गएको छ। हिजो उनका कटु आलोचक भएकाहरूले पनि आज आफूहरूले उनलाई बुझ्न नसकेको स्वीकारोक्ति गरेका छन्। उनले अपनाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आज पनि उत्तिकै आवश्यक छ र महत्त्वका रूपमा लिने गरिएको छ।
२. राष्ट्रियता कमजोर भएको र विदेशी चलखेल बढिरहेको बेलामा सबैले बीपीलाई सम्झने गरेका छन्। उनले मुस्ताङ काण्ड सम्बन्धमा चीनसँग लिएको अडान, भारतीयहरूलाई नेपालमा घरजग्गा खरिद गर्न नदिएको उनको निर्णयतथा क्याविनेटको छलफल सुन्न आउने गरेका भारतीय राजदूतलाई बैठक स्थलबाट बाहिर पठाएको उनको त्यो कदम स्मरणीय छ। उनले कहिल्यै विदेशीका सामु घुँडा टेकेनन्।
३. उनी प्रधानमन्त्री छँदा राजारजौटा प्रथाको खारेजी, विर्ता, उन्मूलन र भूमिसुधारको जुन काम उनले गरे ती प्रगतिशील र अग्रगामी कदम थिए। त्यसपछिका नेताहरूले भूमिसुधारको नाम त खूब लिने गरेका छन् तर सत्तामा पुग्दा त्यसको नाम नै लिँदैनन्। बीपी सत्तामा रहँदा होस् कि बाहिर उनले कहिल्यै आफ्नो विचार र व्यवहार फेरेनन्। उनी सधैँ जिम्मेवारीपूर्वक अभिव्यक्ति दिन्थे र तदानुसार व्यवहार गर्दथे।
४. स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन गर्ने काममा उनी सफल रहे। उनले आफ्नो पालामा पाकिस्तान र इजरायलसँग दौत्य सम्बन्ध कायम गरेको चर्चित विषय भएको थियो। राष्ट्र सङ्घको १५ औं महासभामा गएर उनले नेपालको राम्रो प्रभाव पारेका थिए। त्यसबेला सोभियत सङ्घका राष्ट्रपति खुश्चोभले महासभामा जुत्ता ठोकेको घटनाको नेपालले कडा आपत्ति जनाएको थियो।
५. बीपी विलक्षण प्रतिभाका थिए। विश्लेषकहरूले उनलाई समयभन्दा पहिले जन्मेका भनी टिप्पणी गरेका थिए। साहित्यमा उनी त्यत्तिकै सफल थिए। उनका साहित्यिक कृतिहरू चर्चित छन्। नेपाली साहित्यमा प|mायदवाड भित्र्याउने उनी पहिलो व्यक्ति हुन्। उनका कृतिहरूमा सूक्ष्म मनोविज्ञानका कुरा छिपेको हुन्छ।
६. बीपी वास्तवमा क्रान्तिकारी थिए। उनी राजनीतिका अतिरिक्त धार्मिक, सांस्कृतिक एवं सामाजिक क्रान्ति गर्न चाहन्थे। उनी कर्मकाण्ड र अन्धविश्वासबाट टाढा रहन्थे। तर ती कुरा उनका अनुयायी भन्नेहरूले पनि अनुशरण गर्न सकेनन्। उनी एक्लो वृहस्पति भएर रहे। जसको परिणाम आज देश ब्रि्रँदै गएको टुलुटुलु हेन परिरहेछ।
७. बीपी कोइराला हरेक दृष्टिमा महान थिए। उनी दूरदृष्टि राख्दथे र सबै कुरा प्रष्ट भन्दथे। तर उनको कुरा दरबारले बुझ्न सकेन र दरबारको अहिले यो हाल भयो। उनको कुरा उनकै पार्टी बुझ्न सकेन र पार्टी यस्तो अवस्था भयो। पार्टी ओठेभक्ति देखाउनेहरू छन्। तर व्यवहारमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नेहरूको अभाव छ। बीपीको १०० औं जन्म जयन्तीमा ती सबै कुरा सम्झनु आवश्यक छ। हामी उनका सिद्धान्त र योगदानको उच्च मूल्याड्ढन गरी सम्मानपूर्वक उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
जेठ ८, २०८१कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१