लेखनाथ । तालचोक कृषि सहकारी संस्थाको आइतबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा केशवचन्द्र सापकोटा, सचिवमा रमा भण्डारी, कोषाध्यक्षमा भुवन शर्मा जमरकट्टेल र सह सचिवमा प्रमिला भट्टराई चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा रेखा नेपाल पौडेल, अनिता ढुगांना, निरा कोइराला, रिता अधिकारी, सुमित्रा न्यौपाने र रुद्ररमण रेग्मी निर्वाचित भएका छन् । सहकारीको लेखा समितिको संयोजकमा रोशन अधिकारी र सदस्यहरुमा डा.शुशील ओझा र सञ्जीव न्यौपाने छन् ।
यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले पछिल्लो समय सहकारीमा देखिएको समस्या नियतवश भएको बताए । उनले आर्थिक अनुशासनमा नरहँदा सेयर सदस्य र निक्षेपकर्ताको रकम जोखिममा परेको बताए । उनले एकै व्यक्तिले करोडौं रुपैयाँ कर्जा लिएर नतिर्ने, पारिवारिक सदस्यका नाउँमा सहकारी दर्ता गर्ने र हजारौंको निक्षेप दुरुपयोग गर्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीका अगाडि कृषि झुन्डाउने तर उत्पादनका कुनै काम नगर्ने सहकारी चल्न नसक्ने उल्लेख गर्दै, सहकारीको निक्षेप कृषि उत्पादनसँग जोडेर व्यावसायिक बनाउन आग्रह गरे ।
सहकारी संस्थाका अध्यक्ष विजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष प्रवचन न्यौपाने, सल्लाहकार ऋषिराम जमरकट्टेल, तालचोक नौविसे टोलविकास सस्थाकी अध्यक्ष शिव गिरी, सञ्चारकर्मी नवराज सापकोटा, निर्वतमान अध्यक्ष उत्तम भण्डारी, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्ण अधिकारी र निर्वाचन समितिका संयोजक धर्मदत्त बराल लगायतले सहकारीका समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने संस्थाका निर्वतमान अध्यक्ष उत्तम भण्डारी र महिलातर्फ गंगाकुमारी खनाललाई सम्मान गरिएको थियो । सहकारीमा ३ सय १५ जना सदस्य आवद्ध छन् भने झण्डै ४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । सहकारीको चुक्ता पुँजी १ करोड ४८ लाख रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१