नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
crime

पोखरा । पाल्पा रिब्दीकोट १, ख्याहामा १९ वर्षीया पद्मा सुनारको हत्या अभियोगमा १ युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले ख्याहाको लप्सीखोला बस्ने १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गरेको हो । गत मंगलबार बिहान ९ बजे लप्सीखोलामा कपडा धुन र नुहाउन हिंडेकी सुनारको हत्या भएको थियो ।

लप्सीखोला उनको घरबाट २ किमी टाढा पर्छ । नुहाउन र कपडा धुन भनेर एक्लै हिंडेकी उनी दिउँसो साढे ३ बजेसम्म पनि नफर्किएपछि घरपरिवार उनको खोजीमा निस्किए । खोज्दै जाँदा पद्माले लिएर गएको कपडा तथा अन्य सामान लप्सीखोलाबाट कराम्दी जाने गोरेटोमा लथालिंग अवस्थामा फेला परेको थियो ।

सामान फेला परेको आसपास परिवारले खोजी गर्दा अन्दाजी २० मिटर तल खरबारीमा पद्मा रगताम्य अवस्थामा मृत फेला परिन् । उनको टाउको, घाँटी, हातमा धारिलो हतियारबाट प्रहार गरिएका चोट थिए । प्रहरीलाई खबरपछि अनुसन्धान अघि बढेको थियो ।

अनुसन्धानका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो । त्यही दिन प्रहरीले मुचुल्का, प्रमाण संकलन गरी शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।

प्रहरीले अनुसन्धानका लागि त्यस दिन ३÷४ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । प्रमाण फेला परेसँगै हत्यामा सागर भन्ने व्यक्तिकै संलग्नता खुलेको डिएसपी सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार मंगलबार दिउँसो १२ बजे सागर गोठमा काम गरी हसिँया लिएर फर्किरहेका थिए । यता, पद्मा लुगा धोएर डोकोमा हाल्दै गरेकी थिइन् । त्यसबेला उनीहरूको भेट भयो । उनीबीच विवाद उत्पन्न भयो । तर के विषयमा भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनायो । गालीगलौच अवस्था सिर्जना भएपछि आवेगमा आएर सागरले पद्मामाथि हँसियाले प्रहार गरेको देखिन्छ, डिएसपी श्रेष्ठले बताए ।

हतियार प्रहारपछि उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पु‍¥याएका थिए । त्यहाँ पनि उनको टाउकोमा २÷३ पटक प्रहार गरेका थिए । त्यसपछि उनले मृतक पद्माको मोबाइलसमेत लिएर गएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width