पोखरा । कास्की जिल्लाका सहकारी पीडितहरूले संघर्ष गर्न संयुक्त मोर्चा बनाएका छन् । सञ्चालकले रकम अपचलन गरेपछि बिचल्लीमा परेका सहकारी पीडितहरूले मोर्चा बनाएर आन्दोलन गर्ने घोषणा गरेका हुन् । सूर्यदर्शन सहकारीका पीडितको अगुवाइमा समिति गठन गरिएको हो । पोखरामा रहेका ६ वटा सहकारीका पीडितहरू भेला भएर सहकारी बचत पीडित संघर्ष समिति कास्की गठन गरेका हुन् । सूर्यदर्शन सहकारी, इमेज, शिव शिखर, मित्र मिलन, बलिदानी र विन्ध्यवासिनी सहकारीका पीडितहरू एकजुट भएका छन् । सूर्यदर्शन सहकारीका पीडित किरण श्रेष्ठको संयोजकŒवमा समिति गठन भएको हो ।
उपाध्यक्ष इमेज सहकारीका हरिबहादुर खत्री, सचिव मित्रमिलन सहकारीका पीडित प्रकाश पौडेल, सहसचिव बलिदानी सहकारीका धम पुन र कोषाध्यक्ष शिवशिखर सहकारीका टेकराज तिमिल्सिना चुनिएका छन् । सदस्यहरू विन्ध्यवासिनी सहकारीका इन्द्रबहादुर गुरुङ, सूर्यदर्शनका अनुराधा श्रेष्ठ, प्रेम रेग्मी, राजेन्द्र शर्मा, मित्रमिलनका प्रभा सुवेदी, शिव शिखरका प्रमिला आचार्य, बलिदानीका जीवन भट्टराई, इमेजका बद्री पोखरेल, विन्ध्यवासिनीका डिल्लीराम पौडेल छन् । सबै सहकारीमा फसेको रकम उठाउनका लागि सरकार र सरोकारवालालाई दबाब दिने उनीहरूको निर्णय छ ।
६ वटा सहकारी सतहमा आए पनि भित्रभित्रै धेरै सहकारी समस्याग्रस्त छन्,उनीहरू पनि मोर्चामा सहभागी हुन्छन्
‘हामी सबै पीडित हौं । सबै सहकारीमा मान्छेका करोडौं फसेको छ । आ–आफ्नै हिसाबले माग राख्दै संघर्ष पनि भइरहेको छ,’ संयोजक किरण श्रेष्ठले भने, ‘तर सानो आवाजलाई कसैले सुनेन । हामी ठूलो आवाजका साथ सडकमा निस्किँदै छौं ।’ उनले जिल्लामा अरु सहकारीमा पनि समस्या देखिएकाले उनीहरूलाई पनि समेट्दै लैजाने बताए । देशभरिमै सबैभन्दा बढी पोखराका सहकारीमा समस्या देखिएको पीडितहरूको गुनासो छ । ‘देशैभरिका सहकारीमा समस्या छ । तर बढी पोखरामा छ,’ उपाध्यक्ष खत्रीले भने, ‘विगत २ वर्षदेखि सहकारीमा समस्या देखा पर्न थालेकोमा आजको मिति सम्म ६ सहकारीको उजुरी परेको र अनुसन्धानको प्रक्रियामा छ ।’ तर २५ भन्दा बढी सहकारीमा समस्या देखा परिसकेको उनको भनाइ छ । ‘हेर्दा ६ वटा सहकारी मात्रै सतहमा आएको छ । भित्रभित्रै धेरै सहकारी समस्याग्रस्त छन्,’ उनले भने, ‘उनीहरू पनि मोर्चामा सहभागी हुन्छन् ।’ समितिले जिबी राई, देवकुमार नेपालीलगायत पक्राउ पुर्जी जारी भएका सबैलाई तुरुन्त पक्राउ गरी पीडितको बचत रकम फिर्ता दिन माग गरेका छन् ।
सोमबार पोखरामा बृहत र्याली
बचत फिर्ताको लागि दबाब दिन सोमबार पोखरामा बृहत ¥यालीसमेत आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु हुने र्याली जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने समितिले जनाएको छ । अहिले एकीकृत भएका सहकारीहरू पोखराका सबैभन्दा बढी रकम अपचलन भएका सहकारीहरू हुन् ।
पीडितहरूले पोखरा आउने सबैजसो भिआइपीलाई ज्ञापनपत्र पनि बुझाउँदै आएका छन् भने विभिन्न समारोहहरूमा प्रदर्शन नै गर्न थालेका छन् । अहिले सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान सकिएको छ भने अन्य सहकारीको पनि अनुसन्धान सकिएर दोषी करार भइसकेका छन् ।
कुन सहकारीको अवस्था के छ ?
सूर्यदर्शन सहकारीबाट १ अर्ब ११ करोड अपचलन भएको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इमेजमा १ अर्ब ५१ करोड अपचलन भएको छानबिन समितिले निकालेको छ भने ११ जना विरुद्ध पक्राउ पुर्जी छ । मित्रमिलनबाट २६ करोड ८३ लाख अपचलन भएको र ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । शिव शिखरमा ५४ करोड २३ लाख अपचलन आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बलिदानी र विन्ध्यवासिनीको अनुसन्धान चलिरहेको छ ।
गण्डकीका सहकारीमा १२ अर्ब ४ करोड ६३ लाख सेयर पुँजी छ भने ५८ अर्ब ४९ करोड बचत देखिन्छ । उनीहरूले ६४ अर्ब ५० करोड ऋण लगानी गरेका छन् । २ अर्ब ३२ करोड सेयर लगानी गरिएको छ । प्रदेशभर ५ लाख ८५ हजार १ सय ८२ नागरिक सहकारीको सदस्य बनेका छन् । पोखरा महानगरमा रहेका सहकारीको सेयर पुँजी ७ अर्ब ४२ करोड छ भने १६ अर्ब १९ करोड बचत छ । यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ । यहाँका सहकारीमा १ लाख ८८ हजार ८ सय २७ जना सेयर सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक
लेकसिटीमा विश्वकल्याण
कलाकार माओत्से गुरुङ सम्मानित
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१