एनसेलले ल्यायो नयाँ वर्षका अफर

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
ncell

पोखरा । नयाँ वर्ष–२०७९ शुभ अवसरमा एनसेल आजियाटा लि. ग्राहकका लागि आइतबारदेखि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । जसमा ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्छन् । प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजनामा प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्बो प्याकअन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले करसहित ९६ रुपैयाँमा सुचारु गर्न सक्छन् । सो प्याकमा बन्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १ सय मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्ने जनाइएको छ ।

त्यस्तै, ग्राहकले १ सय ६८ रुपैयाँमा ५ जिबि अल टाइम डेटा र १ सय मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १ सय ६८ रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ । जसअन्तर्गत ग्राहकले २ सय ९८ मा २.५ जिबि डेटासँगै २ सय ५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स१ ह्यास डायल गरि यो प्याक सुचारु गर्न कम्पनीले जनायो ।

कम्बो प्याकअन्तर्गत विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसिमा रहेको अन्य २ प्याक छन् । ७ सय ९८ रुपैयाँ एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटासहित नन् स्टप अन नेट कल सुविधा, ५० मिनेट अफ नेट टक टाइम र १ सय अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९ सय ९८ मा हरेक दिन २ जिबि डेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २ सय वटा अल नेट एसएमएस पाउँछन्।

रिचार्ज योजनामा ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्ने जनाइएको छ भने १ सयदेखि १ सय ९९ को रिचार्जमा ३ दिनको समयसिमा रहेको २ सय एमबी सोसल प्याक र २ सय वा सोभन्दा बढीको रिचार्जमा ७ दिनको समयसिमा रहेको ५ सय एमबी सोसल प्याक पाउने छन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज योजना १५ दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width