दमौली । तनहुँको मानहुँकोटमा शनिबार थामिनसक्नु भिड भयो । एकै दिन करिब १५ हजार आन्तरिक पर्यटक मानहुँ उक्लिएका छन् । कोरोना महामारीले लामो समय लकडाउन र निषेधाज्ञाले घरभित्रै थुनिएका नेपालीहरु यतिबेला पर्यटकीय क्षेत्र घुम्न थालेका छन् । पोखरामा पनि प्याराग्लाइडिङ उड्नेहरुको यतिखेर भिड छ । प्याराग्लाइडिङ कम्पनीले आधा छुट गरेपछि आकाशमा उड्न चाहनेहरुले दुई दिनअघि नै टिकट बुङिक गर्नुपर्ने अवस्था छ ।
मानहुँकोटमा यस वर्षको दसैंँदेखि नै आन्तरिक पर्यटकको भिड सुरु भएको हो । मानहुँ घुम्नेहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सो भाइरल बन्दै जाँदा मानहुँ उक्लिनेहरुको क्रमशः भिड बढेको हो । व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोट उक्लिनेहरु दसैँयता दैनिक हजार बढी हुने गरेकोमा शनिबार त १५ हजारसम्म पुगेको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार कोरोना भाइरस संक्रमणले यो बेला अन्यत्रका धेरै पर्यटन क्षेत्र सुस्ताए तर मानहुँमा ठूलो संख्यामा पाहुना आउने गरेका छन्। उनी भन्छन्, ‘मानहुँले यत्तिको धेरै संख्यामा मान्छे यसअघि कहिल्यै पाएको थिएन । शनिबारमात्रै १५ हजार जना मानिस आएको अनुमान छ ।’
एकै पटक यति धेरै पाहुना आउँदा व्यवस्थापनमा समेत हम्मेहम्मे भएको उनको भनाइ छ । भिड व्यवस्थापन गर्न १५ जना प्रहरी नै खटिएका थिए ।
छिमेकी जिल्लासहित टाढा–टाढाबाट समेत समेत आन्तरिक पर्यटकहरु आउन थालेपछि अचेल दैनिकजसो यहाँको डाँडामा पर्यटकको चहलपहल बढ्दो छ ।
व्यास नगरपालिका र आसपास भएर बग्ने मादी, सेती, साँगे र गुणादी खोलाले घेरिएको छ, मानहुँकोट । मानहुँमा पुगिसकेपछि तल हेर्दा पूरै बादलले छेकिएर आकाशमा घुमेको महसुस हुन्छ । प्राकृतिक हिसाबले सुन्दर र तनहुँ सदरमुकाम दमौलीको प्राकृतिक छानोका रूपमा रहेको मानुङबाट सूर्योदयसँगै उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु लगायतका मनोरम हिमश्रृङ्खला, मादी नदी, दमौली बजार, वनजंगलको हरियाली अवलोकन गर्न सकिन्छ । पृृथ्वी राजमार्गबाटै नजिक भएकाले पनि पर्यटक बढ्दै गएका हुन् ।
दमौली बजारबाट ६ किलोमिटर परको दूरीमा पर्ने मानहुँकोटमा पर्यटकको चहलपहल बढ्दा स्थानीयले लाभ लिएका छन् नै । त्योभन्दा बढी लाभ मिल्दैछ, दमौली आसपासका व्यवसायीलाई ।
मानहुँकोट चम्कदा लाभ लिएका छन्–२२ वर्षीय युवा समुद्र ढकालले । उनी आदिकवि भानुभक्त क्याम्पसको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत् छन् । कोरोनाको कहरले गर्दा लामो समयदेखि क्याम्पस बन्द छ । फुर्सदिला उनले मानहुँको चहलपहललाई मध्यनजर गर्दै दसैंलगत्तै टेन्टको व्यवसाय थालेका छन् ।
मानहुँकोटमा कुहिरोमा माथिको सूर्योदय हेर्न अघिल्लो दिनमै मानहुँकोट पुगेर रात बिताउने पर्यटक लक्षित गर्दै समुद्रले यो व्यवसाय थालेका हुन् । उनले भने, ‘थोरै लगानीबाट सुरुवात गरेको व्यवसायबाट छोटो समयमै आम्दानी राम्रै हुँदैछ ।’ ५० हजार रुपैयाँको लगानीमा सुरु गरेको व्यवसायबाट महिनादिन नहुँदै २ लाख बढी आम्दानी लिएको जनाए । दैनिक ३० देखि ४० वटासम्म टेन्ट भाडामा जाने गरेको छ । ‘चितवन, हेटौँडा, पोखरा लगायतका टाढाका स्थानबाट आउनेले अघिल्लो दिनमा गएर मानहुँकोटमा बस्नलाई टेन्ट लैजान्छन् । धेरैजसो अनलाइनमा बुकिङ हुने गरेको छ’, उनले सुनाए ।
उनी त प्रतिनिधि पात्रमात्र हुन् । अहिले दमौलीमा सञ्चालन गरिएको थुप्रै व्यवसाय फस्टाएको छ । होटल व्यवसायी पनि यतिबेला लाभान्वित छन् । लामो समयदेखि कोरोना कहरले सुनसान होटलहरुमा चहलपहल बढेको छ । दमौलीमा रात कटाएर झिसमिसमै मानहुँकोट उक्लने पर्यटकको कारण दमौली आसपास राजमार्ग छेउछाउमा सञ्चालित होटलहरु खचाखच हुन थालेका छन् ।
एक होटल सञ्चालक जीवन शाहीले मानहँुकोटमा आन्तरिक पर्यटक बढेसँगै होटलको व्यपारमा वृद्धि हुँदै गएको बताए । ‘कोरोनाले लगानी जोखिममा परेको अवस्था थियो । मानहँुकोटको चहलपहलले अहिले व्यवसाय राम्रो छ ।’, उनले भने ।
गुणादीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको होटल हाइवे रेष्टुरेन्ट सञ्चालक विनोद खनालले मानहुँकोट पर्यटकीय गन्तव्यको रुपमा विकास भएपछि होटल राम्रो चलेको बताए । उनले भने, ‘दिनमा एक दुई जना आउन पनि मुस्किल रहेको बेलामा दैनिक ४०÷५० जनासम्म बास बस्न आउछन् । मानहुँकोटको डाँडोले काइदा गरेको छ ।’
चापाघाट र दमौली आसपासका वर्कसपको व्यवसाय पनि राम्रो चलेको छ । कच्ची सडक भएकाले मानहुँकोट जाने आउने पर्यटकको दुईपाङ्ग्रे सवारीसाधन बिग्रने सम्भावना बढी छ । धुलोले उस्तै हविगत बनाउँछ । राजमार्गमा ओर्लिएर सवारी मर्मत र सफाइ गर्न आउनेको चापले वर्कसप सञ्चालक र कामदारलाई भ्याइनभ्याई हुन्छ ।
एकै पटक यति धेरै मानिस आउन थालेपछि गाउँमा संक्रमणको जोखिम भने बढ्दो देखिन्छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१