पोखरा । सुन्दर नगरी पोखरालाई स्मार्ट सिटी बनाउने महानगरको योजना कार्यान्वयन हुन सकेको छैन । देशकै ठूलो क्षेत्रफलमा फैलिएको पोखरा महानगरमा मेयर पदमा बाजी मारेपछि सोही दिन मानबहादुर जिसीले प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए, पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्नेछु । महानगरमा सडक खाल्डा परे २४ घण्टाभित्र मर्मत गर्नेछु । स्थानीय तह पुनःर्संरचना भैसकेको पनि ३ वर्ष भैसक्यो । तैपनि स्मार्ट सिटीको सपना बोकेको पोखरामा खाल्डाखुल्डीका समस्या ज्यूँका त्यूँ छन् ।
पोखरा महानगरले जतिसुकै पोखरालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेपनि जनताले यतिका समय बितिसक्दा पनि अनुभव गर्न पाएका छैनन् । यतिमात्र नभई महानगरपालिकाले सार्वजनिक गरेका नयाँ–नयाँ कार्यान्वयन तहमा लैजान सकेको पाइँदैन ।
मेयरका सँगसँगै समग्र महानगरका विभिन्न प्रतिबद्धता पूरा गराउनबारे दबाब दिन पोखराका युवाहरुले ‘जागौ पोखरा’ अभियान सुरु गरेका छन् । ‘नागरिकका समस्या, हाम्रो सरोकार’ भन्ने मूलनाराका साथ पोखरा वरपर भएका समस्या मध्यनजर गर्दै ‘जागौ पोखरा’ सुरु गरिएको अभियन्ताहरु बताउँछन् ।
स्थानीय सरकार आएपनि देशमा हुने भ्रष्टाचार, अनियमिततासँगै बढ्दो विकृति–विसंगति कारण विधिगत रुपमा काम नहुँदा नागरिकले भोग्नुपरेको समस्या मध्यनजर गर्दै सो अभियान सुरु गरिएको अभियन्ता अशोक खड्काले बताए ।
‘स्थानीय सरकारले चुनावताका स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेपनि हालसम्म उक्त काम सम्पन्न हुन सकेका छैनन्,’ उनले भने, ‘सम्बन्धित निकाय र जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन अभियानको सुरुवात गरेका हौं ।’
‘स्थानीय सरकार आएपनि जनताले जुन तरिकाले विकासको सपना देखेका थिए, अझै पूरा हुन सकेको छैन,’ उनी भन्छन् ‘झण्डै ३ वर्ष पुगिसक्दा पनि सोचेजस्तो विकास नभएपछि युवा मिली केही गुर्नपर्छ भनी एकजुट भएर लागेका हौं । ‘हाम्रो यो दोस्रो प्रयास हो । योभन्दा पहिला ‘इनअफ इज इजफ’ अभियान समेत सुरु गरेका थियौं ।’
उनका अनुसार जागौं पोखरा अभियानको मुख्य उद्देश्य भनेकै पोखरामा भएको अनियमितता, भ्रष्टाचार, कुरीति र कानूनविपरीत भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउनु हो ।
अभियानमार्फत् हामीले महानगरपालिकामा भएको १३ करोड घोटालाबारे समाचार पढेपश्चात् ‘१३ करोड खै मयेरसाब ?’ लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरेका थियौं । जसमा मेयर जिसीले १३ करोडको घोटाला नभई १ करोड ७३ लाख रुपैयाँ मात्र हिसाब नमिलेको दाबी गरेका थिए । अभियन्ता खड्काका अनुसार १३ करोड घोटालाको हिसाब मेयर जिसीले १५/२० दिनमा सबै क्लीयर गरेर देखाउने बताएका थिए । तर अहिलेसम्म पनि हिसाब आउन सकेको छैन ।
हामीले धर्ना बसी १३ करोड घोटालाको खोजी गरेको २६/२७ दिन भइसकेको छ । अझैसम्म १३ करोड घोटालाको बारेमा महानगर बोलेको छैन । त्यसकारण आइतबार पुनः यही विषयमा धर्ना बस्ने योजना रहेको उनले बताए ।
योसँगै जागांै पोखराले लकडाउन बेला यातायात कार्यालयले सेवा गरेवापत एक्स्ट्रा चार्ज लिने गरेको थाहा पाइएपछि यो विषयमा पनि आवाज उठाएका थियो । अहिले अतिरिक्त शुल्कबिना नै काम भइरहेको उनी बताउँछन् ।
त्योलगत्तै सडक दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित आफूले खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरेको उनले बताए । ‘पोखरा महानगर र सडक विभाजनको सहकार्यमा हामीले खाल्डाखुल्डी पुर्ने काम सुरु गर्यौ,’ उनी भन्छन्, ‘उक्त अभियानअन्तर्गत पोखरा महानगरपालिकाभित्र सडकहरुमा भएका खाल्डाखुल्डी पुर्ने काम समपन्न भएको छ ।’
अहिले पोखराको पृथ्वीचोक, रत्नचोक, सृजनाचोक, सिम्पानी, रानीपौवा, बिरौटा, बगर लगायतका विभिन्न स्थानका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको छ । यतिमात्र नभई महानगरभित्र कुनै पनि सडक वा गल्लीभित्र खाल्डाखुल्डीका कारण समस्या भएमा हामी आएर त्यसको समाधान गर्ने उनीहरुको प्रतिबद्धता छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१