कहरमा बन्यो लघु चलचित्र

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
Kahar

पोखरा । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतिमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएको छ।

आकाश अधिकारीको कथा रहेको लघुचलचित्र ‘कहर’ मा दिवाकर भट्टराई, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारको भूमिका रहेको छ।

कोपिला सुनारको छायांकन र भिडियो छायांकन रहेको चलचित्रको निर्देशन समुद्र पौडेलले गरेका हुन् ।

कोरोनाका कारण पत्रिका वितरकको परिवारमा देखा परेको समस्या लघुचलचित्रमा उतारिएको लेखक आकाश अधिकारीले जानकारी दिए ।

चलचित्रमा कोरोनाले पारेको प्रभाव उतार्ने प्रयास गरेको निर्देशक समुन्द्र पौडेलले बताए । ‘कोरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै वर्गलाई समस्यामा पारेको छ,’ उनले भने, ‘यही विषयबस्तु चलचित्रमा समेटेका हौं ।’

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width