स्मृतिहरु नै बेचिन थालेपछि…

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
Natak Photo 1

पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे) ले यति भनिसकेपछि अन्त्य हुन्छ, नाटक स्मृति बिक्री केन्द्रका ।

त्योभन्दा अघि नै उनले आफ्नो स्मृति मेसिनको सहायताले बेचिसकेका हुन्छन् ।

मिलन गिरी, आर्जव पौडेल, एलिसा भोग र प्रशान्ति राईको संगीतसँगै सुरु हुने नाटकमा युवक (मुख्यपात्र) र सम्झना (प्रसुना भण्डारी)को माया झांगिन्छ । नाटकको बीचतिर सम्झना अदृष्य हुन्छिन् । त्यो चोटले युवक पागल हुन्छ । प्रेमीको यादले उनलाई चौतर्फी सताउँछ ।

यादको घाउन खपिनसक्नु भएको समयमा युवकका साथी (विभु भुषाल) ले सम्झनाका यादहरु बेचिदिन सुझाउँछन् । साथीको अर्ती सुनेर उनी पुग्छन्, स्मृति बिक्री केन्द्र । केन्द्रको गेटमा बस्ने सुरक्षा गार्ड (राजेन्द्र अधिकारी) स्मृति बिक्रीका बारेमा जानकारी गराउँदै भित्र पठाउँछन् ।

भित्रका कर्मचारीहरु स्मृति बेच्न आउनेलाई परिचय पत्र माग्दै आचारसंहिता बताउन थाल्छन्, ‘१८ वर्ष मुनि र ७० वर्ष माथिकाले स्मृति बेच्न पाइने छैन् । यस्तै यस्तै…’ जहाँ स्मृतिको वर्ग पनि छुट्याइएको छ, ‘दुर्घटना, यौन, प्रेम, धोका, हिंसा इत्यादि । युवकको सबै मापदण्ड पुग्छ । अनि उनी स्मृति बेच्न तयार हुन्छन् । अनि पैसा लिएर बेचिदिन्छन् प्रेमिका सम्झनासँगका सबै स्मृतिहरु ।

नाटककार बुद्धिसागरले यसमा मन पोल्ने स्मृति मेटाउन सकिने वैज्ञानिक प्रविधिको तर्कना गरेका छन्

नाटककै बीचमा छोराको यादले सताइरहेका सहेली, युवकका साथीले पनि स्मृति बचेर शान्तसँग बसिरहेको दृष्य देखाइएको हुन्छ । नाटकमा देखाइएको स्मृति बिक्री केन्द्रले दाइजोका कारण छोरी जलेपछि, बलात्कृत भएपछि, जनयुद्धले दिएको पीडा बिर्सन चाहने, छोराछोरीले वास्ता नगरी एक्लिएका, प्रेममा धोका खाएकाहरुको यादको घाउमा खत बस्न नसकेको स्मृति किन्ने गरेको कर्मचारी सुनाउँछन । र, लेखक, समाजशास्त्री र वैज्ञानिकहरु किन्न पुग्ने गरेको विषय उठान हुन्छ ।

नाटकका लेखक बुद्धिसागरले यसमा मन पोल्ने स्मृति मेटाउन सकिने वैज्ञानिक प्रविधिको तर्कना गरेका छन् । साहित्यकार बुद्धिसागरले १२ वर्ष अगाडि यादहरु मोटो रकम लिएर बेचिसकेपछि आफू हल्का हुन सकिन्छ भन्ने कल्पना गरी लेखेका थिए । यसलाई ऋतेशले रुपान्तर गरी धु्रब पौडेलको निर्देशनमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख १ देखि नाटक मञ्चन गराइएको छ ।

नाटक रेनेसान्स थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक वैशाख १५ गतेसम्म हरेक दिन साँझ ५ बजे नियमित मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो सञ्चालन गरिनेछ ।

नाटकमा लक्ष्मण डुम्रे, प्रसुना भण्डारी, प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु भुषाल, जनक पराजुली, उमा पुन, शीतला अधिकारी, गोविन्दरमण पराजुली, प्रियंका खड्का, कविता घर्तीमगर, विष्णु तिमिल्सिना, सन्देश भण्डारी, दुर्गा चौरासिया, सुस्मिता काप्रीलगायतका कलाकारको अभिनय छ ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width