चलचित्र पत्रकार संघ कास्कीको २१ औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
असार २३, २०८१
chapasa.

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको शाखा स्थापना भएको हो ।
दिवस अवसरमा शनिबार शुभकामना आदानप्रदानसँगै चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपबारे चर्चा भयो ।

संस्थापक अध्यक्ष सिग्देलले संघको गतिविधि प्रशंसनीय रहेको उल्लेख गरे । संघ स्थापना बेला पोखरामा चलचित्र पत्रकारिता नगण्य हुने गरेको स्मरण गर्दै उनले हाल आएर यसले बिस्तार रुप लिँदै आएको बताए । पोखराबाट प्रकाशित हुने पत्रपत्रिकामा मनोरञ्जन बिटलाई स्थान नदिनुु दुखद भएको उनको गुनासो छ ।

निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बिटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकता औंल्याए । सिनेमा मार्फत विभिन्न मुद्दा उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमामार्फत पनि गर्न सकिने भनाइ उनको छ ।

सल्लाहकार सुरेश रानाभाटले संस्था आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका काम उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटन जाेडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाइ उनको छ ।

संघ अध्यक्ष प्रभू अधिकारीले कास्कीको चलचित्र पत्रकारिता बढावा दिँदै जाने उल्लेख गरे । सबैका सुझाव आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने उनले बताए ।

कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्व सहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्की सचिव धनबहादुर गुरुङ (सुमन) ले शुुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

सो अवसरमा संघले क्युुएफएक्स र मिडटाउन सिनेमा हलमा स्थापना गरेको रिभ्यूू बक्स खोलिएको छ । फिल्म हेरेपछि संकलित दर्शक प्रतिक्रिया लक्की ड्रमार्फत सार्वजनिक गरिएको हो । जसमा दुवैतर्फ गरी प्रथम, दोस्रो, तेस्रो र सान्त्वना घोषित भए ।

विजेतालाई सिनेमा हलतर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग