विजय नेपाल-पोखरा, ५ जेठ । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन पोखरा सभागृहमा बस्ने भएपछि सोमबारदेखि धमाधम रंगरोगन थालिएको छ ।
कोभिड–१९ बाट जोगिन सांसदले सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले हाल संचालित पोखरा नदीपुरस्थित संसद् भवन सानो भएकोले पोखरा सभागृह विकल्प रोजिएको हो । गण्डकी प्रदेशसभामा कुल ६० जना सांसदको प्रतिनिधित्व छ । साविक नगर प्रशिक्षण केन्द्रको हललाई संसद भवन तोकिएकोमा सो हल आफैमा सानो र काठका कुर्सीसमेत नजिकै जोडिएका हुँदा सामाजिक दूरी कायम गर्नु असम्भव छ ।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ देखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार सो मितिका लागि बर्खे अधिवेशन आह्वान गरेका हुन् । त्यसकारण पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पोखरा सभागृह हलमा लकडाउनबीच पनि आवश्यक कामदार खटाएर रंगरोगन, कुर्सी व्यवस्थापन र माइक जडान कार्य सुरु भएको हो ।
पोखरा सभागृह हल करिब १२ सय मानिस अट्ने क्षमताको हल हो । पुरानो र जीर्ण हुँदै गएको सो हल परिसरमा भने पर्याप्त मात्रामा पार्किङ सुविधा छ । दक्षिणी भेगमा खुला चौर र गार्डेन छ । पोखरा सहरमा हुने ठूला प्रकारका कन्सर्ट, सभा, सभारोह, कार्यक्रम यही हलमा सम्पन्न हुँदै आएका थिए । सभामुख नेत्रनाथ अधिकारी लगायत सम्मिलित टोलीले सोमबार पोखरा सभागृह हलको निरीक्षण गरेको छ । त्यसअघि आइतबार साँझ पनि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सभामुख अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायतले निरीक्षण गरेका थिए ।
गण्डकीमा वैशाख २३ मा मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने निर्णयसँगै हिउँदे अधिवेशन अन्त्य भएको थियो । गत चैत ६ मा बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएपछि लकडाउनका कारण अर्को बैठक बस्न नपाउँदै अधिवेशन नै अन्त्य भएको हो । प्रदेश सरकारले असार १ अगावै बजेट अधिवेशन बोलाइसक्नुपर्ने प्रावधान छ । बजेटका सिद्धान्त र प्राथमिकता पास गरिसकेपछि नीति तथा कार्यक्रम तय गर्नुपर्छ । ती सबै कार्यक्रम पोखरा सभागृह हलमा हुनेछन् । पोखरा महानगरपालिकाले समेत आफ्नो नीति तथा कार्यक्रम र बजेट समेत समय मिलाएर सोही हलमा संचालन गर्नेछ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१