१. मुलुकभर मनसुन सक्रिय रहेकोले केही दिन अझै धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने बजानकारी मौसमविद्हरुले दिएका छन् । यसकारण बाढीपहिरोको जोखिम अझै रहेकोले सतर्कता अपनाउन जरुरी छ । खोलानालाहरुमा पानीको सतह पनि बढ्ने हुँदा खोला किनारका बस्तीहरुले पनि होसियारी राख्नुपर्दछ ।
२. यसपाली औषत भन्दा बढी पानी परेको र जमित गलेको हुँदा थोरै पानी पर्दा पनि बग्न सक्ने भएकोले सावधानी अपनाउन भनिएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना हुँदा दनीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात पनि प्रभावित हुन सक्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखाले पनि नदीहरुमा वहाव बढ्ने हुँदा तटीय षेत्रमा क्रियाकलाप नगर्न र सतर्कता अपनाउन सूचित गरेको छ ।
३. यस वर्ष भाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । देशमा वैशाख यता मात्र ३ सय ७५ जनाको मृत्यू भएको छ भने १ सय बढी वेपत्ता छन् । ४ सय २० जना घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २ सय ७२ जनाको मृत्यु र ७४ जना वेपत्ता भएका हो । जेठ ३० पछीको अविरल तथा भारी वर्षाको कारण यी घटना भएका हुन् ।
४. गण्डकी प्रदेशमा यो वर्ष अहिलेसम्म प्राकृतिक प्रकोपका कारण १२६ जनाको ज्यान गएको गण्डकी प्रदेश सरकारले जनाएको छ । बागलुङ, म्यग्दी, पर्वत, कास्की, लमजुङ, तनहुँ, मुस्ताङ, गोरखा जिल्लामा भएको बाढी पहिरोबाट उक्त मानवीय क्षति भएको हो । त्यस वोहक म्याग्दीमा २२२ घर पूर्णरुपमा क्षति ३३७ घरमा आंशिक तथा बागलुङमा १९७ घर र तनहुँमा १४७ घरमा क्षति पुगेको जनाइएको छ । यसैगरी पशुचौपाय र खेतवारीको नोक्सानी पनि उत्तिकै छ ।
५. भौगोलिक विकटा तथा अविरल वर्षाका कारण सयमा राहत पुग्न नसक्दा पीडितहरुले ठूलो दुःख खेप्नु गरेको अवस्था छ । अहिले पनि अविरल वर्षका कारण पहिरो जाने डरले गाउँवस्ती छाडेर अन्यत्र गएर रात काट्नु परेको समाचार पनि आईरहेको छ । एकातिर विस्थापित वनेकाहरुलाई गाँस, बासको व्यवस्था मिलाउनु छ भने अर्काेतिर सम्भावित दुर्घटनाहरुलाई ध्यानमा राखि उद्धारका लागि आवश्यक तयारी गर्नु स्वयम्सेवक एवम् सम्बन्धित संघसंस्थाको भूमिका अत्यावश्यक रहेको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१