शीतलाको ६२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
galem

पोखरा ।फेदिखोला गाँउपालिका वडा ४ गलेमस्थित शितला माध्यमिक विद्यालयको शुक्रवार ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।बार्षिकोत्सवको प्रमुख अतिथि प्रतिनीधिसभा सदस्य नारायणप्रसाद मरासिनीले ब्यानर वाचन उद्घाटन गरेका थिए भने प्रमुख अतिथि मरासिनीले सरस्वतीमन्दिरमा माल्र्यापण र विशेष अतिथि फेदिखोला गाँउपालिकाका उपाध्यक्ष देवी थापाले राष्ट्रिय झण्डोत्तलन गरेका थिए।

प्रमुख अतिथि सांसद मरासिनीले विद्यालयको भौतिक विकासका लागि आफुले सक्दो सहयोग गर्ने उद्घोष गर्नुहुदै शैक्षिक विकासमा शिक्षकहरुले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताए।विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा, असल नागरिक र आवाश्यक जनशक्ति उत्पादन गर्न गर्नसके विद्यार्थी संख्या नघट्ने दावी गर्नुहुदै लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर उदाहरणीय विद्यालयको रुपमा विकास र असल नेतृत्व प्रदान गर्नुभएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ समाजसेवी मेजर दिलबहादुर गुरुङको प्रसंसा गरे।

पर्यटीय संभावना र कृषि उत्पादनका लागि अत्यन्तै उर्वरभुमि गमेलको विकास लागि पर्यटकलाई सेवा र उत्पादन बृद्धिमा जोड दिनुपर्ने सुझाव उनको थियो। गलेमको विकासका लागि भिर फोरेर बाटो ल्याउने मेजर दिलबहादुर गुरुङको नेतृत्व उदाहरणीय भएको भन्दै गलेम बाटोको लागि स्तरोन्नतिका लागि आफ्नो सहयोग रहने प्रमुख अतिथि मरासिनीले उद्घोष गरे। माननीय म होइन मलाई भोट दिएर माननीय बनाउने तपाईहरु नै हुनुहुन्छ, तपाईहरुको सेवा र विकासका लागि म खटिररहन्छु भन्नुहुदै उनले गलेममा कृषि विकास, बाटोको स्तरोन्नति, पर्यटन प्रवद्र्धन, होमस्टेका साथै रिसोर्ट निर्माणका लागि आवाश्वयक रहेको बताए। संभावना धेरै छ, लगानी गर्नुस, अब गलेममा रिसोर्ट बनाउनुपर्दछ भन्दै गलेमबाट शहर र विदेशमा क्रियाशील महानुभावहरुलाई आग्रह गरे।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै फेदिखोला गाँउपालिकाकी उपाध्यक्ष देवी थापाले इतिहास बोकेको शितला माविको विकासका लागि गाँउपालिका सधै सँगै रहेको बताए। विद्यालयलाई यस उचाईसम्म पुर्याउन र गाँउको विकासका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङको भुमिका अतुलनीय रहेको बधाई ज्ञापन गरे। उनले विद्यालय भविष्य, शिक्षाको गुणस्तरीयता र गाँउको विकासका लागि अब गाँउफर्क अभियानको जरुरत रहेको बताए। हामी स्थानीयबासीलाई विकासका अभियानमा सरिक गराउन चाहान्छौ तर पनि आर्थिक रुपले समस्या भएका किसानहरु अभियानमा सहभागी हुन तत्पर नहुँदा धेरै नै अवसरहरु गुम्ने गरेको बताए।

कास्की आवाजका सम्पादक, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै शितला मावि अत्यन्तै उदाहरणीय भएको भन्दै व्यवस्थापन समिति अध्यक्ष मेजर दिलबहादुर गुरुङको योगदानको खुलेरै प्रसंसा गरे।सम्पुर्ण सेवा सुविधासहितको रिसोर्ट जस्तै विद्यालयमा विद्यार्थी संख्या न्युनताको समस्यालाई स्थानिय जनप्रतिनीधि, सांसद र राज्यले निति एवम योजना गाँउको विकासलाई केन्द्रित गरे शहरबाट गाँउ फर्कने दिन आउने दावी गरे।संघीयताको मर्म अनुसार पनि अब शहरबजार केन्द्रित नभई गाँउ केन्द्रित विकास निति अवलम्बन गरिनुपर्ने उनको सुझाव थियो। मेजर गुरुङले ८१ वर्षको उमेरमा मन्त्री, सांसद र नेताहरुले आँट नगरेको गलेमको भिर फोर्दे बाटो गलेम पुर्याउनु भई विकासको मार्ग खोल्नुभएको छ अब पर्यटन, कृषि, साँस्कृतिक विकासको केन्द्र गलेम बन्नु र बनाउनुपर्ने उनको भनाइ थियो।

गलेम गाँउबाट शहरमा पुगी निजी विद्यालयमा माविस्तरसम्मा बर्षमा करोडौं शुल्क तिर्ने गर्दछन् त्यसको केही मात्रा शितला माविको गुणस्तर बृद्धिका लागि लगानी गरे गाँउ झिलीमिली बन्ने गुरुङले बताए ।
वि.सं.२०१४ सालमा स्थापित विद्यालयका प्रधानाध्यापक तुलसीराम पौडेलले वार्षिक प्रतिवेदन, विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुहुदै विद्यालयलाई बसाई सराईले अत्यन्तै प्रभावित बनाएको बताए। उहाँका अनुसार १० कक्षासम्म अध्यापन हुने विद्यालयमा ८१ जना विद्यार्थी मात्र अध्ययन गरिरहेको र अर्को सत्रमा अझै घट्न सक्ने भन्दै विद्यार्थी संख्या बृद्धि र शिक्षक दरबन्दी बृद्धिको सोच गरिदिनका लागि उनको भनाइ थियो।

कार्यक्रममा फेदिखोला गाँउपालिका वडा ४ का वडाध्यक्ष माधव सुवेदी, गाँउपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ, तारा प्रोजेक्टका प्रायोजक दिलबहादुर गुरुङ, अभिभावक छविलाल पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा कर्मा फ्लाइट फाउण्डेशनबाट गत चारवर्षदेखि वार्षिक रुपमा जनही ३/३ हजार रुपैया दरले १० जना विद्यार्थीलाई प्रदान गरिदै आएको छात्रवृत्ति उक्त कार्यक्रममा फाउण्डेशनका प्रतिनीधि राजु परियार, नेदरल्याण्डकी सारा र माइकाले वितरण गरेका थिए। यसरी नै गोनेशाबाट प्रदान गरिने छात्रवृत्ति, एसईईका उत्कृष्ठ विद्यार्थीलाई अक्षयकोषबाट पुरस्कृत र कक्षागत प्रथम, द्धितिय र तृतिय विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। अत्यन्तै प्रतिकुल मौसम विच भव्य रुपमा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौडेल, कक्षा ९ कि विद्यार्थी निर्मला गुरुङले अंग्रेजी भाषाबाट स्वागत र कक्षा ८ का अर्जुन पौडेलले नेपाली भाषाबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको शिक्षक तेजबहादुर गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…

hero news full width