लिटल फ्लावरमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
redcross 1

लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए ।

नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका विद्यार्थीलाई स्वागत गरिएको थियो । यसैगरी तहगतरुपमा माता तीर्थ औंसी विशेष कार्यक्रम भए भने सदन विभाजन पनि गरियो । विद्यार्थीको भेलाले बुधबार नै रेडक्रस सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित सर्कल अध्यक्षमा सुदीक्षा पौडेल चयन भइन् । उपाध्यक्षमा स्मृति विक, सचिव रिमिशा भण्डारी, सहसचिवमा सखी तामाङ, कोषाध्यक्ष अस्मिता गुरुङ रहेका छन् । सदस्यमा रोहित सुनार, रोहित गुरुङ, समृद्धि ठकुरी, ज्याक्सिना क्षत्री, साइमन विक, प्रतीक परियार, अर्नव भण्डारी, दीक्षा सापकोटा, जस्मिन शाह, युनिका पुरी र राजीव विक छन् । प्रिन्सिपल विकल पौडेल संरक्षक तथा शिक्षक रामभक्त खनाल शिक्षक नायक र लक्ष्मी घिमिरे शिक्षक सहनायकमा चयन भए ।

कार्यक्रममा रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेलले रेडक्रसको स्थापनाको पृष्ठभूमि तथा सिद्धान्तबारे स्पष्ट पारेका थिए । उनले पुनर्गठित सर्कलका पदाधिकारीलाई सपथ खुवाए ।

प्रिन्सिपल विकल पौडेल, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिए । कक्षा ८ की अर्माली पौडेलले रेडक्रसबारे कविता वाचन गरेकी थिइन् ।
कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए । विद्यालयमा हाल ६ सय ५० विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width