हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
hill point

पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा हुने आन्तरिक तथा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले सदन विभाजन पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांगीतिक तथा प्रतिभा प्रस्तुत गरेका थिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका विशिष्ट अधिकृत तथा सो क्षेत्रका विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीले नवआगन्तुक विद्यार्थीलाई उनीहरुको रोजाइको विद्यालय यस क्षेत्रको उत्कृष्ट विद्यालय भएको भन्दै शुभकामना मन्तव्य प्रस्तुत गरे ।

प्राचार्यका तर्फबाट नवआगन्तुक विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरी न्यानो स्वागत गरियो । यस अवसरमा प्राचार्यद्वारा नवनियुक्त विभिन्न तहमा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुलाई खादा र अविरले स्वागत गरिएको थियो ।

गणित विभाग प्रमुख कमल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहप्राचार्य गंगाराम पौडेलले शुभकामना मन्तव्य दिए । शिक्षक नेत्रनारायण शर्माले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width