काठमाडौँ, १९ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।
अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड स्थापना गरेर ४० श्ययाबाट निःशुल्क सेवा दिन लागेको बताइएको हो । अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले धनी र गरिब दुवै स्तरका नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिए ।
“ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाई छ, यसलाई चिर्नका लागि पनि हामीले ४० श्यया निःशुल्क गर्न लागेको हौँ”, अध्यक्ष कुँवरले भने । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने स्थानीय सरकारको साथ र सहयोग दिन स्थानीय सरकार तयार रहेको उनको भनाइ थियो ।
अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी विरामीको बहिरङ्ग (ओपिडी) सेवा, ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको जानकारी दिए । एक वर्षदेखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाइन सर्जरी, इमर्जेन्सी मेडिसीन र हेपाटोप्यानक्रयाटिक चार क्षेत्रमा फेलोसिप कार्यक्रम शुरु गरेको अस्पतालले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१