सहकारी बैंकको पर्ल्स अनुगमन तालिम

आदर्श समाज सम्वाददाता
पौष १६, २०७६
p

बागलुङ, १६ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सदस्य संस्थाहरुको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको तीन दिने पर्ल्स अनुगमन मंगलवार सम्पन्न भएको छ ।

सदस्य संस्थाहरुको वित्तीय अवस्थालाई थप प्रभावकारी बनाउन, सुशासनयुक्त संस्था निर्माण तथा सहकारीको मर्म अनुसार अगाडि बढ्नका लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले तालिममा सिकेको सीप आफ्नो संस्थामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिए ।

सहकारी क्षेत्रको प्रभावकारिताका लागि सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुले अध्ययन, भ्रमण र तालिम आवश्यक रहेको भन्दै जिसीले देशको शिक्षा नीतिमा सहकारीको पाठ्यक्रम नभएकाले तालिम नै सिकाईको महत्वपूर्ण आधार हुने धारणा राखे । तालिमका सहभागीहरु शुभश्री वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष राजु केसी र मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी गीता शर्माले पल्र्स अनुगमन तालिम प्रभावकारी भएको भन्दै संस्थाको उन्नतिका लागि उपयोग गर्ने बताए ।

तालिमका सहजकर्ता ललितपुर जिल्ला सहकारी संघका लेखा संयोजक अनिल वीर बज्राचार्यले सुशासनयुक्त र प्रभावकारी सहकारी सञ्चालनका लागि पल्र्स तालिम आवश्यक रहेको बताए । तालिम समापन कार्यक्रम बैंकका सञ्चालक जिसीको अध्यक्षता र शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा विभिन्न विषयका ३५ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीहरु सहित ३५ जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width