म्याग्दी ,२४ कात्तिक । म्याग्दीमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइएको छ ।
म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको र्याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिको चोकबाट सुरु भएको र्याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, बालमन्दिर चोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।
मुस्लिम समुदाय जातीय पोशाक सहित प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागी भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरवको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताए ।
उनका अनुसार मोहम्मदको ६३ वर्षको उमेरमा साउदीकै मदिनामा निधन भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचनन गर्ने उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताए ।
मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । १८ जना बिरामीलाई फलफुल वितरण गरिएको म्याग्दी मुस्लीम सेवा समाज समितिका अञ्जित खानले जानकारी दिए । म्याग्दीमा करिब एक सय परिवार मुस्लिम समुदायको बसोबास छ ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१