नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिको प्रशिक्षण पोखरामा शुक्रबारदेखि सुरु भएको छ।
समृद्ध राष्ट्र सुखी नेपाली आधार, गुणस्तरीय विद्यालय शिक्षा नै पहिलो आधार भन्ने मूल नारासहित सुरु भएको कार्यक्रममा समसामयिक शिक्षकका समस्या, कर्तव्य र अधिकारका बारेमा अन्तरक्रिया गरिएको थियो।
प्रमुख अतिथि नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कार्यक्रम सफलताको शुभकामना दिँदै शिक्षकका समसामयिक मुद्दा र अन्तराष्ट्रिय अभ्यासका बारेमा प्रशिक्षण गराएका थिए।
त्यस्तै विशेष अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन केन्दी्रय अध्यक्ष लक्ष्मण शर्माले नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, भावी कार्यभार र अबको नेतृत्व विषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै महिला अधिकारकर्मी कमला थापाले लैङ्गिक सवाल, महिला शिक्षकको अवस्था र नेपाल राष्ट्रिय शिक्षक संगठनको अवधारणा प्रस्तुत गरे।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्ठकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेलले गण्डकी प्रदेशको शैक्षिक अवस्थाको परिचय गराएका थिए। विशेष अतिथि प्रतिनिधि सभा सदस्य पदम गिरी, पोखरा महानगर कास्की, नेकपाका अध्यक्ष दीपक पौडेल, राष्ट्रिय समिति उपाध्यक्ष जङ्गबहादुर गर्बुजा पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्ठकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष केशवराज घिमिरेले स्वागत गरेको थिए।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका १५० शिक्षक सहभागी थिए।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१