Worldlink ads

ओमको दाङमा शाखा विस्तार

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
om bank

पोखरा, १४ फागुन। ओम डेभलपमेन्ट बैंकले दाङको लमहीमा शाखा विस्तार गरेको छ।

प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखा उद्घाटन गरे।

समारोहमा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराए।

बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हालसम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको छ।

यसैबीच, ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा समेत प्रदान गर्दैआएको छ।

बैंकले सेयरधनीलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भईसकेको सो लाभांश बैंकको फागुन २५ मा पोखरामा हुने वाषिर्क साधारण सभाले प्रस्ताव पारित गरेपछि वितरण हुने जनाएको छ ।

हालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाख रुपैयाँसम्म कर्जा लगानी गर्न सम्भौता गरी कर्जा लगानी शुरु गर्दैआएको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग