गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
kamana sewa

पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब २ सय जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको हो ।

कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबीच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा. रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width