गरिमा र टान गण्डकीबीच सम्झौता

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
garima taan

पोखरा । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सेवा सम्बन्धमा सम्झौता भएको छ ।

बैंकतर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीतर्फबाट अध्यक्ष धर्मराज पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार टान सदस्यलाई बैंकले अधिकतम् ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत व्याजदरका साथ उपलब्ध गराउनेछ ।

साथै, ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने सम्झौता छ । उक्त सेवाले टान सदस्यलाई व्यापार व्यावसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको जनायो । सम्झौतापश्चात् टानले गरिमालाई बैंकिङ पार्टनर रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडौंमा यस्तै सम्झौता गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय सञ्चालन गर्दै आएको छ । साथै, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएम काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width