न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
berry

पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको समूहले सभागृहको चोकभन्दा केही माथि जेनेक्स कम्प्युटरसँगैको घरमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिजले पोखराका मन मिल्ने युवा व्यवसायीलाई एकजुट गरी केही गर्न खोजेको जनाए ।

बालबालिकाको क्षेत्रमा मिलेर काम गर्ने र सोही समूहले व्यावसायिक ढंगले पनि पृथक काम गर्न करिब २ करोड लागतमा लाउन्ज सञ्चालनमा ल्याएको हो । केही महिनाअघिदेखि सञ्चालनमा आएको बेरी नयाँ वर्षको सुरुवातसँगै सफ्ट ओपनिङ भएको हो ।

शनिबार सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसहित चर्चित नायिका वर्षा राउतको उपस्थितिमा बेरीको औपचारिक उद्घाटन गरिएको छ । न्युरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले बेरी सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष सुवास अधिकारीको भनाइ छ । उनका अनुसार यहाँ सस्तो मूल्यमा उत्कृष्ट खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ ।

कफी सफ र अन्य स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र २ सय जनासम्मलाई पार्टी दिनसक्ने क्षमता रहेको सञ्चालक श्यामसुन्दर ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width